मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

दशैंपछि खुलेको बजारमा सुनको मूल्य तोलामा ११,७०० रुपैयाँले घट्यो

Main News Image

काठमाडौँ । दशैंको लामो बिदापछि आइतबार  खुलेको नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

मूल्यमा भारी गिरावट आएपछि आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको छ। यसअघि कात्तिक २ गते छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दु प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा झरेको छ। अघिल्लो कारोबार दिन कात्तकि २ गते चाँदीको मूल्य ४ हजार १८५ रुपैयाँ थियो।


mediabaaji add

सम्बन्धित खबर

आज सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब २२ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज  ११४ कम्पनीको से...

शनिबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपिय...

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो, बहराइन दिनार महँगियो

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि...

आपूर्ति सहज नभएसम्म निगमले ग्यास वितरण गर्ने

काठमाडौँ । नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति सहज नहुन्जेल काठमाडौँको टेकु कार्यालयबाट ग्यास वितरण नियमित गर्ने भएको छ । बजारमा ग्यासको अभाव भएपछि निगमले गत बुधबारदेखि टेकु कार्यालयबाट डिपो सञ्चालन गरी विभिन्न ब्रान्डका ग्यास वितरण गर्दै आएको...

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६...

८.८१ अंकले बढ्यो नेप्से, ३ अर्ब ७२ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ८.८१ अंकले बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ६५१.२१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार कुल ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन बजारमा...