शनिबार, १४ कात्तिक २०८३
नेपाली

दशैंपछि खुलेको बजारमा सुनको मूल्य तोलामा ११,७०० रुपैयाँले घट्यो

Main News Image

काठमाडौँ । दशैंको लामो बिदापछि आइतबार  खुलेको नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

मूल्यमा भारी गिरावट आएपछि आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको छ। यसअघि कात्तिक २ गते छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दु प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा झरेको छ। अघिल्लो कारोबार दिन कात्तकि २ गते चाँदीको मूल्य ४ हजार १८५ रुपैयाँ थियो।


mediabaaji add

सम्बन्धित खबर

आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैय...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले घटेर तोलामा २ लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीवार सुन तोलामा २ लाख ८५ हजार २ सय र...