गोरखा माइक्रो दुर्घटना अपडेट : मृतक संख्या सात पुग्यो
गोरखा । गोरखामा माइक्रो दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना हुँदा सात जनाको ज्यान गएको हो । गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। उक्त माइक्रोमा १४ जना सवार रहेकोमा सात जनाको ज्यान गएको हो ।
घाइते सात जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । मृतकहरू सबै भारतीय नागरिक रहेको प्रहरीको भनाइ छ । उनीहरू मनकामना मन्दिर दर्शन गरेर फर्किंदै थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
आगलागीबाट दैनिक क्षति, सावधानी अपनाउन प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्यसमा आगलागीका मात्र १५ घटना थिए । उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई–दुईव...
नेपाल कृषि सहकारी केन्द्रीय संघमा नयाँ नेतृत्व चयन अध्यक्षमा उप्रेती
काठमाण्डौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि को ५औँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्ण शर्मा महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सिचवमा चिरन्जिवी केसी निर्वाचित...
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
काठमाण्डौँ । चोरले संयुक्त राज्य अमेरिका पुर्याएको १३औँ शताब्दीको शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति स्थानीय न्हुच्छेवहालमा विधिपूर्वक पुनःस्थापना गरिएको छ। काठमाडौं महानगरपालिका, पुरातत्व विभाग तथा सम्पदा अभियन्तालगायतको समन्वयमा हालै त्यहाँ उक्त म...
नारायणहिटी हत्याकाण्डको २५ वर्ष, इतिहासकै त्यो रहस्यमय दिन
काठमाडौँ । नेपालको इतिहासकै सबैभन्दा कहालीलाग्दो र रहस्यमय घटनाका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहसहित उनको सम्पूर्ण परिवारको हत्या भएको यस ऐतिहासिक दिनको सम्झनामा आज देशका वि...
हिमताल फुट्ने जोखिम घटाउन नेपालमा ५० मिलियन डलरको परियोजना, चार उच्च जोखिमका तालमा निगरानी
काठमाण्डौँ । नेपालले हिमताल विस्फोटबाट हुने बाढीको जोखिम घटाउन ५० मिलियन अमेरिकी डलर बराबरको परियोजना अघि बढाउने तयारी गरेको छ। परियोजनाले चार उच्च जोखिमयुक्त हिमताल ठूलागी, लोअर बरुण, लुम्दिङ त्सो र होङ्गु–२ लाई लक्षित गर्नेछ ।
परियोजनाका ल...
दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला
काठमाडौँ । आज तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्...



