बिहिबार, २२ असोज २०८३
नेपाली

सुशासन कायम गर्दै निष्पक्ष निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

Main News Image

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन स्थापित गर्दै भ्रष्टाचारमुक्त प्रशासन र सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने तयारीमा जुटिसकेको बताएका छन् । बिहीबार अध्यागमन विभागद्वारा काठमाडौंमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली एफएनएमआइएस’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।

उनले निर्वाचन सफल बनाउन सम्बन्धित सबै सरोकारवाला निकायको यथोचित भूमिका अपेक्षित रहेको समेत बताए । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नेपाल भ्रमणमा आउने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण तथा पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने उद्देश्यले आज शुभारम्भ गरिएको एफएनएमआइएस प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीमा एक महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।


mediabaaji add

सम्बन्धित खबर

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा परित्याग गरेका सन्तोष परियारबीच एकताका साथ प्रगतिशील लोकतान्त्रिक पार...

निर्वाचन सुरक्षाका लागि भर्ती हुनेछन् १ लाख ३० हजार म्यादी प्रहरी

काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना हुने भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षाका लागि सो संख्यामा म्यादी प्रहरी भर्ना गर्ने न...