सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३औं महानिरीक्षक आईजीपीमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। वैशाख १९ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउँदैछन्। उनी २०७९ वैशाख १८ गते आईजीपी नियुक्त भएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
अज्ञात समूहको आक्रमणबाट आमा-छोराको घटनास्थलमै मृत्यु, बाबु-छोरी गम्भीर
काठमाडौँ । बाराको परवानीपुर गाउँपालिका वडा नं १ रहरियाडीमा आमा छोराको हत्या भएको छ । बुधबार बिहान समूहले धारिलो हतियार प्रहार गर्दा ४६ वर्षीया सुमित्रादेवी मण्डल र उनका छोरा २४ वर्षीय रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहर...
मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ
झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह ५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले आइतबार साँझ करिब ७ः३० बजे मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगल...
सिंहदरबार सुरक्षा कडा, गणमा एसपी थपिने
काठमाडौँ । सिंहदरबारमा आगलागीपछि त्यहाँको सुरक्षामा सरकार गम्भीर बनेको छ । गृहमन्त्रालयले सिंहदरबार गणलाई लक्षित गर्दै प्रहरी संगठनमा एसएसपी, एसपी र डिएसपीका ३–३ दरबन्दी थप गरेको छ। सिंहदरबार गणमा हाल डिएसपी इन्चार्ज रहेकामा अब एसपी राख्ने तयारी ग...
पैदलयात्रीलाई मुक्का हान्ने कार चालक पक्राउ
काठमाडौँ । पैदलयात्रीलाई कुटपिट गरेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति पारस बम रहेको ट्राफिक प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त घटना महाराजगञ्जस्थित चप्पल कारखाना अगाडिको सडकमा भएको हो...
अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित उच्च पदस्थ अधिकारीहरूलाई धम्की दिने प्रकाश पाठकलाई फिलिपिन्सबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ । उनलाई इन्टरपोलको सहयोगमा पक्राउ गरिएको हो । पाठ...
क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी, अच्युत दुलाल पक्राउ
काठमाण्डौा । क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जनाबाट ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाललाई पक्राउ गरेको छ । मण्डनदेउपुर नगरपालिका–६ घर भएका दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी ज...



