शुक्रबार, १६ असोज २०८३
नेपाली

नेपाल बीमा प्राधिकरणको अध्यक्ष चुन्न सरकारलाई सकस

Main News Image

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष चुन्न यतिबेला सरकारलाई नै सकस परेको छ। हाम्रोलाई भन्दा राम्रोलाई सरकारी नेत्तृव तहमा राख्ने बालेन सरकारको निर्णयले साथकर्ता पाउन मुस्किल नै बनेको छ । धितोपत्र बोर्डको अध्यक्ष चयनमा आवेदन पछि लामो समयसम्म छनोट प्रकृयाको समय लम्बाएर होल्ड गरेको सरकारले बीमा प्राधिकरणको अध्यक्ष छनोट प्रकृयामा पनि त्यहि परिपाटी दोहराउने हो, कि भन्ने सोचमा बीमा अधिकारीहरु छन् ।

जेठ १३ गते आवेदन मागेको सिफारिस समितिले एक महिना बितिसक्दा पनि आवेदकहरुको छनोट प्रकृयाको लागि बैठक डाक्न सकेको छैन । सूत्रका अनुसार प्रधानमन्त्री कार्यालयबाट नै होल्ड गर्ने निर्णय भएको बुझिएको छ । आवेदन दिएकाहरुको व्यक्तिगत विवरण पनि हेरिएको छैन भन्ने बुझिएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट नेतृत्वको समितिले जेठ १३ गते गरेको विज्ञापन अनुसार ५० जनाले आवेदन बुझाएका थिए । समितिले आवेदकहरुमध्येबाट सर्टलिस्ट गरी अन्तर्वार्ता लिएर ३ जनाको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गर्नुपर्नेमा आवेदन नै थन्क्याएर राखिएको छ।

mediabaaji add

सम्बन्धित खबर

कर्जा उठाउन ऋणीको घर–घर जाने बैंकका कर्मचारीलाई पक्राउ गर्न गृहको परिपत्र

काठमाडौँ । ऋण असुलीका क्रममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक यातना दिने, दुर्व्यवहार गर्ने वा गैरकानूनी दबाब सिर्जना गर्ने बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कारबाही गर्न गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी सीडीओलाई निर्देशन दिएको छ...

समस्याग्रस्त सहकारीका ऋणीलाई तत्काल कर्जा चुक्ता गर्न अल्टिमेटम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले विभिन्न सहकारी संस्थाबाट ऋण लिएर लामो समयदेखि नतिर्ने ऋणीहरूलाई तत्काल बक्यौता बुझाउन कडा ताकेता गरेको छ । समितिले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै समस्याग्रस्त घोषित सहकारीका ऋणीहर...

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५५...

नेप्सेमा १२.५८ अंकको गिरावट, ८ अर्ब ६३ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ८७ लाख ०३ हजार १८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाखको सेयर कारोबार भएको छ । आज ६६ कम्पनीको सेयर मू...

नेप्से ७.७३ अंकले बढ्यो, ४ अर्ब ७४ करोड कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार बढेको छ । बजार परिसूचक नेप्से ७.७३  अंकले बढेर २७९६ विन्दुमा थामिएको हो । यसअघि शुक्रबार नेप्से १.५ अंक बढेको थियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७४...

पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्यास भने महँगियो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणालीअनुसार समायोजन गर्दै पेट्रोल र डिजेलको भाउ घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज शुक्रबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरेको हो ।

नयाँ दररेटअनुसा...