शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

जलवायु हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब रुपैयाँ अनुदान स्वीकृत

Main News Image

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि जलवायु हानिनोक्सानी कोष लस एन्ड ड्यामेज फन्डले नेपाललाई २० मिलियन अमेरिकी डलर करिब तीन अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त सहयोग राशि उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा वातावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा महेश्वर ढकालका अनुसार बाढीबाट भएको जनधनको ठूलो क्षतिलाई सम्बोधन गर्न नेपाल सरकारले गत अगस्ट ३१ मा कोषको बोर्डसमक्ष सहायताका लागि आधिकारिक अनुरोध गरेको थियो।

कोषका लागि नेपालका राष्ट्रिय सम्पर्क अधिकृत तथा वैकल्पिक बोर्ड सदस्यसमेत रहनुभएका डा ढकालले नेपालको प्रस्तावलाई पारित गराउन विकसित तथा विकासशील राष्ट्रका बोर्ड सदस्यहरूसँग विभिन्न चरणमा सघन छलफल र समन्वय गरिएको जानकारी दिए।

mediabaaji add

सम्बन्धित खबर

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ र...