बजेटको मुखैमा हरियालीः कारोबार समेत बढ्यो !
काठमाडौँ । बजेटको मुखमा शेयर बजारमा हरियाली देखिन थालेको छ । आगामी बजेटमार्फत शेयर बजारसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरू सम्बोधन हुने अपेक्षाले लगानीकर्तामा उत्साह थपिएको छ । बजारमा देखिएको पछिल्लो सुधारलाई यही आशासँग जोडेर विश्लेषण गर्न थालिएको छ ।
नयाँ नेतृत्वको सरकारले ल्याउन लागेको बजेटलाई लिएर शेयर लगानीकर्ताले ठूलो अपेक्षा राखेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि लगानीकर्तालाई बजेटसम्म धैर्य गर्न आग्रह गर्दै आएका छन् । यसले बजारमा नीति सुधार र सहुलियतका सम्भावनाप्रति सकारात्मक सन्देश दिएको देखिन्छ ।
यसैबीच केही प्रभावशाली व्यवसायी तथा बैंकिङ क्षेत्रसँग जोडिएका व्यक्तिहरू पक्राउ परेपछि बजारमा केही समय अनिश्चितता देखिएको थियो । सो घटनाले लगानीकर्ताको मनोबलमा असर पार्दै जोखिम न्यूनीकरणका लागि बिक्री दबाब बढाएको बजार विश्लेषकहरू बताउँछन् । तर पछिल्ला दिनमा सो दबाब क्रमशः कम हुँदै गएको संकेत देखिन थालेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था सन्तोषजनक देखिएको छ । ब्याजदर घट्दो क्रममा रहनु, तरलता सहज हुँदै जानु र आर्थिक गतिविधिमा सुधारको संकेतले आगामी दिनमा बजारलाई थप समर्थन गर्न सक्ने अपेक्षा गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्से २७.८५ अकंले बढेर २७८६.३५ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको १ करोड ४५ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको कारोबार भएको हो । यसदिन १२ वटा उपसूचकमा सुधार देखिएको छ भने म्युुचुअल फण्ड समूहको शेयर मूल्य मात्रै ओरालो लागेको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
सोफा हब काठमाडौँबाट सोफा किन्ने १० जनाले पाए थाइल्याण्ड भ्रमणको अवसर
काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो सोफा तथा फर्निचर कम्पनी सोफा हब काठमाडौँले दशैं तिहार झड्का अफर योजनाको विजेता घोषणा गरेको छ।
समस्त नेपालीहरुको महान चाड २०८२ सालको दशैँ, तिह...
विदेशी मुद्राको नयाँ विनिमयदर, अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ नाघ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भदौ २७ गतेका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन युरो...
आज ३०.७५ अंकले बढ्यो नेप्से, ९ अर्ब २० करोड माथिको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३०।७५ अंकले बढेर २६३१.१४ को विन्दुमा आईपुगेको छ । नेप्सेमा यसदिन ३०० कम्पनीको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड माथिको...
दिनदिनै बन्दै सुनको मूल्यमा नयाँ रेकर्ड, बिहिबार प्रतितोला कति ?
मिडियाबाजी डटकम काठमाडौँ, असोज ३०। नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन तोलामा २ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बनेको हो ।
नेपाल सु...
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७३ रुपैय...
अण्डा र मकैमा उच्च वार्षिक वृद्धिदर
काठमाडौँ । कृषि उत्पादनको सूचकाङ्कमा वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूचकाङ्क अनुसार, आर्थिक वर्ष आव २०८२,८३ को पहिलो त्रैमासिकमा समग्र कृषि उत्पादन मूल्य सूचकाङ्क १९३.७२ पुगेको छ...



