बिहिबार, ०५ कात्तिक २०८३
नेपाली

बजेटको मुखैमा हरियालीः कारोबार समेत बढ्यो !

Main News Image

काठमाडौँ । बजेटको मुखमा शेयर बजारमा हरियाली देखिन थालेको छ । आगामी बजेटमार्फत शेयर बजारसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरू सम्बोधन हुने अपेक्षाले लगानीकर्तामा उत्साह थपिएको छ । बजारमा देखिएको पछिल्लो सुधारलाई यही आशासँग जोडेर विश्लेषण गर्न थालिएको छ ।

नयाँ नेतृत्वको सरकारले ल्याउन लागेको बजेटलाई लिएर शेयर लगानीकर्ताले ठूलो अपेक्षा राखेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि लगानीकर्तालाई बजेटसम्म धैर्य गर्न आग्रह गर्दै आएका छन् । यसले बजारमा नीति सुधार र सहुलियतका सम्भावनाप्रति सकारात्मक सन्देश दिएको देखिन्छ ।

यसैबीच केही प्रभावशाली व्यवसायी तथा बैंकिङ क्षेत्रसँग जोडिएका व्यक्तिहरू पक्राउ परेपछि बजारमा केही समय अनिश्चितता देखिएको थियो । सो घटनाले लगानीकर्ताको मनोबलमा असर पार्दै जोखिम न्यूनीकरणका लागि बिक्री दबाब बढाएको बजार विश्लेषकहरू बताउँछन् । तर पछिल्ला दिनमा सो दबाब क्रमशः कम हुँदै गएको संकेत देखिन थालेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था सन्तोषजनक देखिएको छ । ब्याजदर घट्दो क्रममा रहनु, तरलता सहज हुँदै जानु र आर्थिक गतिविधिमा सुधारको संकेतले आगामी दिनमा बजारलाई थप समर्थन गर्न सक्ने अपेक्षा गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्से २७.८५ अकंले बढेर २७८६.३५ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको १ करोड ४५ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको कारोबार भएको हो । यसदिन १२ वटा उपसूचकमा सुधार देखिएको छ भने म्युुचुअल फण्ड समूहको शेयर मूल्य मात्रै ओरालो लागेको हो ।


mediabaaji add

सम्बन्धित खबर

तीन महिनामा बागमतीको बजेट खर्च ६ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार...

भारतबाट ग्यास आयात बढ्यो, साताभित्रै बिक्री सामान्य हुने

काठमाडौँ । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण विस्तारै सहज हुन थालेको छ । गत असार ३१ गतेदेखि १४.२ किलोग्राम ग्यास भएको सिलिन्डर बिक्री गर्न थालेपछि एक्कासी अभावजस्तो देखिए पनि...

आपूर्ति सहज नभएसम्म निगमले ग्यास वितरण गर्ने

काठमाडौँ । नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति सहज नहुन्जेल काठमाडौँको टेकु कार्यालयबाट ग्यास वितरण नियमित गर्ने भएको छ । बजारमा ग्यासको अभाव भएपछि निगमले गत बुधबारदेखि टेकु कार्यालयबाट डिपो सञ्चालन गरी विभिन्न ब्रान्डका ग्यास वितरण गर्दै आएको...

आजको विदेशी मुद्राको विनिमयदर : डलर, युरो र पाउण्डको मूल्य कति ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा कायम भएको...

तोलामा ५२ सय रुपैयाँले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ । दैनिक सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । सुन आज एकैदिन तोलामा पाँच हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको हो ।

यता, चाँद...

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ । आगामी वैशाख २ गतेदेखि देशभर आर्थिक गणनाको काम सुरु हुनेछ । 

...