तनहुँको भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण : स्थानीय उत्पादनले आयात विस्थापित गर्दै
दमौली । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ । स्थानीयस्तरमै व्यावसायिक रूपमा फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको निर्भरता घट्दै गएको छ भने आत्मनिर्भरताको ढोका खुल्दै गएको छ । यद्यपि, उत्पादन भएको फूललाई लामो समयसम्म ताजा राख्ने शीतभण्डारण सुविधाको अभावले भने किसानलाई चिन्तित बनाएको छ ।
भिमाद नगरपालिका ५ र ६ का विभिन्न स्थानमा किसानहरू विशेषगरी तिहार पर्वलाई लक्षित गरी सयपत्री फूलखेतीमा जुटेका छन्। स्थानीय माटोमा ढकमक्क फुलेका पहेँला र सुन्तला रङका सयपत्रीले किसानका बारीमात्रै सजाएका छैनन्, स्थानीय उत्पादनबाटै चाडपर्वको माग पूर्ण रूपमा धान्न सकिने बलियो सम्भावना समेत देखाएका छन्।
भिमाद नगरपालिका ६ अन्तर्गत बाग्टारको बाँघकुनामा रेनु थापा, सिमबोट जलौदीमा जानुका थापा र बद्रिनाथ गैह्रे तथा ऋषिङ पाटनमा बालकृष्ण गैह्रेले सयपत्री फूलको व्यावसायिक खेती गरेका छन्। उनीहरूले जनही दुई दुई रोपनी क्षेत्रफलमा फूलखेती फैलाएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
बागलुङ जोड्ने ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र
बागलुङ । ‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । जिल्ला सदरमुकामसँग जोडिएको मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक कालोपत्र भएको हो । सडक कालोपत्र भएपछि यात्रा र सामान ढुवानी गर्न सहज भए...
अब नागढुंगा सुरुङमार्ग सञ्चालन हुने
काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको संघारमा पुगेको छ । धादिङ र काठमाडौंबीचको यात्रा सहज र छिटो बनाउने लक्ष्यसहित निर्माण गरिएको यो परियोजनाले देशको यातायात पूर्वाधारमा महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ ।
२०७६ कात्तिकमा...
विदेशी मुद्राको विनिमय दर : डलर, युरो र पाउन्डको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। यस्तै, अमेरिकी डलर एकको खरिद दर १५३ रुप...



