आईपीओ निष्काशन गर्ने तयारीमा ह्याम्स अस्पताल
काठमाडौँ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड ह्याम्स अस्पतालले आईपीओ निष्काशनको प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ । अस्पतालको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले यही साउन २९ गते शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा दिउँसो २ बजे वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो ।
सभामा सर्वसाधारण समूहलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने, आईपीओ निष्काशनबाट प्राप्त हुने पूँजीको उपयोग सम्बन्धमा र अस्पतालको प्रबन्धपत्ररनियमावली संशोधन गर्ने तथा आईपीओ निष्काशनका लागि फेरबदल गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश हुनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
आकासियो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ८०० रुपैयाँ पुगेको हो ।
अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत
गत आर्थिक वर्ष २०८१र८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ।
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल १८ खर्ब ६०...
सरकारको राहत प्याकेजः रसुवा बाढी पीडित बीमितले ५० प्रतिशतसम्म अग्रिम बीमा दाबी भुक्तानी पाउने
काठमाडौँ । सरकारले रसुवा बाढी प्रभावित बीमितलाई बीमा दाबीको प्रारम्भिक मूल्याङ्कनका आधारमा अग्रिम भुक्तानी उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘रसुवा बाढी पुनरुत्थान प्याकेज’ मार्फत यस्तो व्यवस्था गरिएको हो ।
केरुङ-काठमाडौं रेलमार्गको अध्ययन प्रतिवेदन तयार
काठमाडौँ । नेपाल र चीन जोड्ने बहुप्रतिक्षित काठमाडौं–केरुङ अन्तरदेशीय विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन चिनियाँ पक्षले अबको डेढ महिनाभित्र बुझाउने भएको छ । केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजना गरिएको प्रस्तुतीक...
घरजग्गा कारोबार क्रमश: ओरालो लाग्दै, राजस्व संकलन पनि घट्यो
काठमाडौँ । देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व संकलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व संकलनको मात्रा क्रमशः ओरा...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन...



