बुधबार, १७ भदौ २०८३
नेपाली

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा हान सेओङ–सुकलाई प्रधानमन्त्री नियुक्त

Main News Image

काठमाण्डौँ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सेओङ–सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति प्रवक्ता काङ् यु–जुङले बुधबार घोषणा गरेका छन् । नियुक्ति आगामी जुलाई १ देखि लागू हुने जनाइएको छ। यससँगै हान ली जे म्युङको प्रशासनमा दोस्रो महिला प्रधानमन्त्री, किम मिन–सिओकका उत्तराधिकारी तथा देशको इतिहासमा ५०औँ प्रधानमन्त्री बनेकी छन्।

दक्षिण कोरियाको राष्ट्रिय सभाले हान सेओङ–सुकलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्न गरिएको मतदानमा १६६ मत पक्षमा परेको थियो। सत्तापक्ष र सरकार समर्थक दलका उपस्थित १६७ सदस्यमध्ये एक जनाले विपक्षमा मतदान गरेका थिए। हान यस पदका लागि अयोग्य रहेको तर्क गर्ने मुख्य विपक्षी दल पिपुल पावर पार्टी पीपीपीले बहिष्कार गरे पनि जुन ३० मा पूर्ण अधिवेशनमा मतदान भएको थियो।


mediabaaji add

सम्बन्धित खबर

अमेरिका-इरान शान्ति वार्ताको पहल : पाकिस्तान सक्रिय

इस्लामावाद । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावलाई मत्थर पार्न र सम्भावित युद्ध रोक्न पाकिस्तानले निर्णायक मध्यस्थकर्ताको भूमिका खेल्न सुरु गरेको छ । यसै प्रयास अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब पुगेका छन् भने सेना प्रमुख जनरल...

शेख हसिनालाई मृत्युदण्डको सजाय

काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण आइसीटीले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको गम्भीर अपराधको दोषी ठहर गरेको छ । तीन न्यायाधीशको न्यायाधिकरणले यस मुद्दामा शेख हसिनालाई मृत...

सम्राट चौधरी बने बिहारका २४ औँ मुख्यमन्त्री

पटना । सम्राट चौधरी भारतको बिहार राज्यका २४ औँ  मुख्यमन्त्री बनेका छन् । चौधरीले बिहारको २४ औं मुख्यमन्त्रीको रूपमा बुधबार बिहान शपथ लिएका छन् । जेडीयू कोटाबाट विजय चौधरी र बिजेन्द्र यादवले पनि उपमुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । शपथ ग्रहण...

अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुन सक्ने दाबी गरेका छन् । यद्यपि, इरानले भने ट्रम्पको यो समयसीमालाई अस्वीकार गर्दै आगामी केही दिनभित्र मात्रै हस्ताक्षर हुन सक्ने जनाएक...

फिलिपिन्समा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । फिलिपिन्समा सोमबार गएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको छ । भूकम्पले भवनहरूमा क्षति पुगेको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

देशका वि...

ट्रम्पको युद्धविराम घोषणापछि पनि थाइल्याण्ड–कम्बोडियामा लडाइँ जारी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराममा सहमति भएको घोषणा गरे पनि थाइल्याण्डले कम्बोडियाविरुद्ध सैन्य आक्रमण जारी राख्ने स्पष्ट पारेको छ। थाइल्याण्ड र कम्बोडियाबीचको झडप औपन...