शनिबार, १० असोज २०८३
नेपाली

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

Main News Image

काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा, तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशका तराई भूभाग केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना  रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।

mediabaaji add

सम्बन्धित खबर

आजदेखि १४ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसनमा पुराना रिले हटाई नयाँ रिले जडान तथा परीक्षणको काम गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चाल...

काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो । काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सु...

वर्षाले चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध

काठमाण्डौँ । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो...

९,००० एमएएच ब्याट्रीसहितको नयाँ स्मार्टफोन ल्याउँदै अनर

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले ९,००० एमएएच क्षमताको ब्याट्रीयुक्त स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ । चिनियाँ टिपस्टर ‘डिजिटल च्याट स्टेसन’का अनुसार उक्त स्मार्टफोनमा सिलिकन कार्बन प्रविध...

ललितपुरमा ट्रक दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु

काठमाडौँ । ललितपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कोन्ज्योसोम गाउँपालिका–१ बाउनडाँडामा गएराति नौ बजेटिर मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।

ईँटा लिएर ज...

पहाडी भू-भागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली भूभागमा सहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वान...