शनिबार, २० भदौ २०८३
नेपाली

हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना

Main News Image

काठमाडौँ । खोटाङको बालवेशीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा हुँदा घाइते भएकालाई काठमाडौं ल्याइएको छ । विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उक्त दुर्घटनामा १ जना यात्रु घाइते भएका थिए । घाइते यात्रु र पाइलटलाई हेलिकप्टरमार्फत तत्काल उद्धार गरी उनीहरूलाई थप उपचारका लागि दिउँसो १२ः४२ बजे काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।

अवतरणका क्रममा दुर्घटनामा परेको हेलिकप्टरले काठमाडौंबाट ६ जना सवार लिएर उडेको थियो । उक्त हेलिकप्टर बुधबार बिहान ११ः०९ बजे अवतरण गर्ने क्रममा असन्तुलित भई जमिनमा पल्टिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार, कल साइन एन–एएफक्यु रहेको उक्त हेलिकप्टर काठमाडौंबाट ५ जना यात्रु र १ जना पाइलट गरी कुल ६ जना लिएर खोटाङको बालवेशी ९खानिडाँडाबाट १७ किलोमिटर उत्तर–पूर्व० का लागि उडेको थियो ।

mediabaaji add

सम्बन्धित खबर

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक

काठमाडौँ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक आईजीपी र अन्य सम्बन्धित अधिकारीहरूलाई घटनाबारे छानबिनका लागि आयोगमा उपस्थित हुन निर्देशन दिएको छ । आयोगको आज बिहीबार ब...

बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

ललितपुर । ललितपुरको जावलाखेलस्थित ऐतिहासिक सदर चिडियाखाना बर्डफ्लु संक्रमण नियन्त्रणमा आएसँगै आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ । गत असार ५ गते चिडियाखानाभित्र रहेका काग, गिद्ध र हाँसलगायतका पक्षीहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि सुरक्...

गायक दर्जीमाथि हातपात प्रकरण : निष्पक्ष छानबिन गर्न नीता ढुङ्गानाको माग

काठमाडौँ । बालकलाकार तथा गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरिएको भिडियो भाइरल भएपछि चलचित्र ‘पार्वती’ टोलीले गम्भीर आपत्ति जनाउँदै उनको समर्थनमा ऐक्यबद्धता जनाएको छ ।

चलचित्रकी निर्मात्री एवम् अभिनेत्री नीता ढुङ्गाना अधिकारीले सामाजिक सञ्जालम...

टुँडिखेलमा मनाइयो २६३ औँ सेना स्थापना दिवस

काठमाडौँ । नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा महाशिवरात्रि विविध कार्यक्रम गरी मनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभ...

मौसम पूर्वानुमान : उपत्यकाको तापक्रम घट्दो क्रममा

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भन...

इरानी सेनाको नियन्त्रणमा रहेको युवक उदयपुरका झा

काठमाण्डौँ । पश्चिम एसियामा जारी द्वन्द्वका बीच होर्मुज जल क्षेत्रमा काम गर्दै आएका उदयपुर गाइघाटका ३० वर्षीय अमृत झा इरानी सेनाको नियन्त्रणमा परेका छन् ।

परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख तथा सहसचिव रामकाजी खड्काका अनुसार...