बिहिबार, ११ भदौ २०८३
नेपाली

बालुवाटारमा उच्चस्तरीय बैठक : सम्भावित चुनौतीबारे छलफल

Main News Image

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले देशभरको अवस्थाबारे जानकारी दिँदै सम्भावित चुनौती र जोखिमबारे जानकारी दिएका थिए । बैठकपछि गृहमन्त्री अर्यालले पत्रकारहरूसँग कुरा गर्दै सरकारले वर्तमान परिस्थितिको सूक्ष्म मूल्याङ्कन गरेको बताए । उनका अनुसार विभिन्न समूहले प्रदर्शनको तयारी गरिरहेका सूचनाका आधारमा सरकार सतर्क बनेको छ ।

ुराजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन् । तर, अशान्ति वा अराजकता फैलाउने कुनै गतिविधि सह्य हुने छैन,ु गृहमन्त्री अर्यालले भने।
उनले राजनीतिक विषयहरू संवादमार्फत समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै सम्बद्ध पक्षहरूलाई संयमित र जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गरे।

 

mediabaaji add

सम्बन्धित खबर

ढिला होला, तर गलत हुँदैन, नआत्तिनुहोस् :नागरिकलाई धैर्य गर्न प्रधानमन्त्री शाहको अपिल

काठमाडौँ । धानमन्त्री बालेन शाहले मुलुकमा दीर्घकालीन सुधार र परिवर्तनका लागि केही समय लाग्ने भन्दै देशवासीलाई धैर्य धारण गर्न अपिल गरेका छन्। पछिल्ला राजनीतिक घटनाक्रम र राज्य संरचना सुधारका क्रममा देखिएका चुनौतीहरूबारे स्पष्ट पार्दै उनले सही नतिज...

रास्वपाको भोलि भैरहवामा हुने भनिएको ‘परिवर्तन उद्घोष सभा’ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भोलि शनिबार भैरहवामा गर्ने भनेको परिवर्तन उद्घोष सभा स्थगित गरेको छ । पार्टीका उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद अर्यालले मातहतका संगठनलाई पत्राचार गर्दै सभा स्थगित गर्ने न...

मधेसमा मतदाता नामावली दर्ता गर्नेको भीड, कुन जिल्लामा कतिले गराए अद्यावधिक ?

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मधेसका जिल्लाहरूमा मतदाता नामावली अद्यावधिक गराउने नागरिकको भीड दिनानुदिन बढ्दै गएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्लाहरूमा निर्व...

गोरखामा डा. बाबुराम भट्टराईको पार्टीले कांग्रेसलाई सघाउने

गोरखामा डा. बाबुराम भट्टराईको पार्टीले कांग्रेसलाई सघाउने

काठमाडौँ । गोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गर...

झापामा मतदाता संख्या छ लाख ८२ हजार ९९३ जना कायम

झापा । जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन्। ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय का सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेका अनुसार जिल्लामा थपिएका मतदाता...

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया आज बिहान ८ बजेबाट शुरु हुँदैछ । मंगलबार मतदान हुने भनिएपनि पटक(पटक समय परिवर्तन गरेर अन्तिम समयमा स्थगित गरिएको हो ।