विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा
भक्तपुर । विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा, सार्वजनिक सुरक्षा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । नेपाल संवत् ११४७ को अवसरमा मङ्गलबार आयोजित न्हुदँया भिन्तुना र्यालीका सहभागी तथा आन्तरिक पर्यटकले राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको सङ्ख्यामा बारुदजन्य पटाका पड्काएका थिए ।
पटाकाबाट निस्किएको आगोको झिल्कोले सयौँ वर्ष पुराना काठका संरचना रहेको पाँचतल्ले मन्दिर तथा आसपासका ऐतिहासिक सम्पदामा आगलागी हुनसक्ने जोखिम बढाएको स्थानीयवासीको भनाइ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य
धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएकाले निषेधाज्ञा हटाउन...
नारायणी नदीले खतराको तह नाघ्यो, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको उच्च जोखिम सिर्जना भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेट...


