बुधबार, ११ कात्तिक २०८३
नेपाली

प्रतिनिधिसभा निर्वाचन तालिका सार्वजनिक : समानुपातिक बन्दसूची बुझाउन तीन दिनको समय

Main News Image

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउन तीन दिनको समय दिएको छ । आयोगले आज बसेको बैठकबाट निर्णय गर्दै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । यो कार्यक्रम आयोगको वेबसाइट र नेपाल राजपत्रमा समेत प्रकाशन गरिने जनाइएको छ ।

निर्वाचन कार्यक्रमअनुसार, मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्न समय तोकेको छ । मंसिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म राजनीतिक दलहरूले उमेदवारको बन्दसूची पेस गर्ने आयोगको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

माघ २० गते बिहान १० देखि बेलुकी ५ बजेसम्म उमेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

उज्यालो नेपाल पार्टीले देशको नेतृत्व गर्ने कुलमानको दाबी

जनकपुर । पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गरेका छन् । बिहीबार चुनावी प्रचार प्रसारका क्रममा मधेश ओर्लिएका घिसिङले जनकपुरधाममा सञ्चारकर्मीह...

बञ्चरेडाँडा फोहोर व्यवस्थापनबारे मन्त्री तिमिल्सिना र कार्यवाहक प्रमुख डंगोलबीच छलफल

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलका समस्या, स्थानीयवासीका गुनासा तथा व्यवस्थापन सुधारका विषयमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग छलफल गरेका छन् ।

छलफलमा बञ्चरेडा...

श्रमगन्तव्य मुलुकहरूकै प्रस्तावित राजदूत अस्वीकृत, वैदेशिक रोजगारीमा थपिँदै संकट

काठमाडौँ । बुधबार संसदीय सुनुवाइ समितिले मलेसिया र साउदी अरबका लागि सिफारिस गरेका राजदूतहरूको नाम अस्वीकृत गरिदिएको छ ।  लामो समयदेखि रिक्त, नेपालबाट सबैभन्दा धेरै श्रमिक जाने दुई गन्तव्य मुलुक मलेसिया र साउदी अरबका लागि सिफारिस राजदूत अस्वीक...

छिन्नभिन्न हुँदै एकीकृत समाजवादी, माधव नेपालले अलपत्र पारेको आरोप

काठमाडौँ । दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी छिन्नभिन्न हुने भएको छ । नेकपा एमालेबाट छुट्टिएर बेग्लै संगठन निर्माण गरेको चार वर्षपछि एकीकृत समाजवादी विघटनको बाटोमा अघि बढेको छ । अध्यक्ष माधवक...

देउवाका छोरा जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको पत्र, ७ दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका सिलसिलामा सात दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ ।

विभागले सोमबार काठमाडौंको...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै : दर्जन विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

काठमाडौँ ।  संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तरहरू सम्बन्धित मन्त्रीले टेबुल गर्ने सम्...