प्रतिनिधिसभा बैठक बस्दै : सामुद्रिक जैविक विविधता संरक्षणबारे छलफल हुने
काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । सिंहदरबारमा बस्ने आजको बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
यसैगरी, आजै विभिन्न तीन वटा संसदीय समितिका बैठकहरू पनि बस्दैछन्। संघीय संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो।
एक्सप्रेस
सम्बन्धित खबर
समानुपातिक सूची बुझाउने आज अन्तिम दिन, भोलिदेखि छानबिन शुरु
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रक्रिया निकै उत्साहका साथ अघि बढिरहेको छ । यसैक्रममा निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० जना उम्मेदवारको बन्दसूची बुझाउन...
बागमती प्रदेश सभाबाट आठ वर्षमा ९० विधेयक पारित
काठमाडौँ । बागमती प्रदेश सभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक पारित भएका छन् । हालसम्म प्रदेश सभाबाट पारित ९० विधेयकमध्ये ८९ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आएका छन् ।
प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने स...
राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनीलबहादुर थापाले राजीनामा दिएका छन् । आसन्न राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न थापाले राजीनामा दिएको बताइएको छ । थापाको नामा धनकुटाबाट राष्ट्रियसभा निर्वाचन...
आजदेखि कांग्रेसको विशेष महाधिवेशन
काठमाण्डौँ । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच आज पुस २७ गते विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदै छ । पुस २७ र २८ गते हुने विशेष महाधिवेशन काठमाडौँस्थित भृकुटीमण्डपमा आज दिउँसो १ बजे उद्घाटन हुने तय भएको छ ।
१४ दिनपछि बस्दै प्रतिनिधिसभा बैठक, के छ कार्यसूची ?
काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समित...
पूर्वऊर्जामन्त्री खड्काले स्काउटको जग्गामा बनाएका संरचनामा डोजर चल्यो
काठमाडौँ । पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा बनेका संरचना भत्काउन बिहीबार बिहान महानगर प्रहरीहरु डोजरस...



