सोमबार, १५ भदौ २०८३
नेपाली

रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की

Main News Image

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेको बताएकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न आफू प्रधानमन्त्री बनेको बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘म पहिलो पटक संसदमा आएको हुँ । यो मेरो इच्छा होइन, परिस्थितिको परिणामहो। जेन–जी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न तथा राज्यलाई पुनः संवैधानिक लयमा फर्काउने उद्देश्यले प्रधानमन्त्री बनेको हुँ ।’

उनले प्रतिनिधिसभा विघटन भएको र सरकारले २०८२ फागुन २१ गते तोकिएकै मितिमा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्धता जनाएको बताइन् । प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो दुःख व्यक्त गरिन् ।

mediabaaji add

सम्बन्धित खबर

आगामी चुनाव नयाँ शक्तिहरूको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ को चुनावलाई नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दुको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । विहीबार उज्यालो नेपाल पार्टीको पार्टी कार्यालय उद्घाटन समारोहमा उनले फागुन २१ को चुनावलाई,...

विश्वप्रकाश शर्माले भने : यो नतिजा अप्रत्याशित होइन

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हालै सार्वजनिक स्ट्याटसमार्फत मतदाताको निर्णयलाई स्वीकार गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, मतदाताको फैसला स्वीकार्य छ ।‘बुलेट’बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍य...

गगन थापाको टोली फेरि निर्वाचन आयोगमा

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वका केन्द्रीय पदाधिकारीहरू निर्वाचन आयोगबाट फर्किएलगत्रै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा आयोग जाने भएका छन् । सभापति गगन थापा सहित सम्पूर्ण पदाधिकारी आयोग जान लागेका हुन्...

परिवर्तनबारे मतदातालाई बुझाउन नसक्दा चुनाव जित्न नसकेको कांग्रेसको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचनको परिणामलाई वस्तुगत र वैज्ञानिक ढंगबाट विश्लेषण गर्नुपर्ने निचोड निकालेको छ । प्रवक्ता देवराज चालिसेले पार्टीको वर्तमान वैचारिक अवस्था र चुनावी परिणामका विषयमा  केन्द्रीय समिति बैठकबारे जानकारी दिँदै उनले...

निर्वाचनमा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न र नगराउन उम्मेदवारहरुलाई विज्ञापन बोर्डले आग्रह गरेको छ । बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाललगायतमा कुनै दल तथा दलका उम्मेदवार वा नेता त...

जेनजी प्रदर्शनमा बल प्रयोग : बयानका लागि तत्कालीन गृहमन्त्री लेखकलाई पत्राचार

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ । प्रशासनिक र सुरक्षा नेतृत्वसँग बयान सकिएपछि आयोगले राजनीतिक तहको बयान प्रक्रिया सुरु गरेको हो । आयोगका प्रवक्ता विज्ञानर...