ऐन परिमार्जन गरे नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ : विप्लव अधिकारी
काठमाडौँ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई पाँच वर्ष भित्रमा नै औषधिमा आत्मनिर्भर बनाउन सक्ने दाबी गरेका छन् । मंगलवार नेपाल फार्मा एक्स्पो र औषधिमा आत्मनिर्भरता , नीतिगत सवाल विषयक कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै अधिकारीले नेपाललाई आगामी पाँच वर्ष भित्रमा आत्मनिर्भर बनाउने दाबी गरे। तर त्यसका लागि २०३५ सालमा बनेको औषधि ऐनलाई परिमार्जन गरिनुपर्ने उनको भनाइ छ ।
‘हामी आयातमुखी औषधि ऐन बोकेर हिडिरहेका छौँ, औषधि ऐनलाई जनतामुखी बनाऔं, २०३५ सालमा बनेको ऐनले उद्योगमैत्री काम गर्न सकेन, प्रशासनले पनि काम गर्न सकेनन्, औषधि ऐनमा नीतिगत परिवर्तन गरे हामी पाँच वर्षभित्र औषधि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन सक्छौँ, ८० प्रतिशन औषधि हामी उत्पादन गरेर देखाउछौँ’ अध्यक्ष अधिकारीले भने । अध्यक्ष अधिकारीले नेपालको औषधि गुणस्तरीय छैन भनेर भ्रम छर्ने काम भइरहेको पनि बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
आज विश्व प्राथमिक उपचार दिवस
काठमाण्डौँ । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढीपहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजी...
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौँ । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा...
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा. जोशी
काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा प्रमोद जोशी नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वस्थ्य अनुसन्धान, चिकित्सा सेवा तथा प्रशासनिक क्षे...
चालीस माइक्रोनभन्दा पातला प्लास्टिक झोला बिक्रीमा पूर्ण रोक
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वातावरण प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा निगरानी बढाएको छ। विभागले पछिल्लो पटक उपत्यकाका विभिन्न १९ वटा प्लास्टिक उद्योग, आयातकर्ता र...
नेपालमा ५२ प्रतिशत असुरक्षित गर्भपतन, ५३ प्रतिशत अनिच्छित गर्भ
काठमाडौँ । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए । महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो । कोरोना नियन्त्रणलाई...
वीर अस्पतालमा एमआरलाई प्रवेश निषेध
काठमाडौँ । वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ तोकी नलेख्न निर्देशन गरेको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माले चिकित्सकले बिरामीलाई औषधि तथा सर्जिकल सामग्रीको सिफारिस गर्दा कुनै न...



