बुधबार, १७ असार २०८३
नेपाली

रसुवामा ९ महिनामा साढे ३ करोडका अवैध सामान बरामद

Main News Image

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवामा ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध आयातित सामग्री बरामद भएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त अभियानबाट उक्त मूल्यका सामान नियन्त्रणमा लिइएको हो।

भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह्रेका अनुसार उक्त अवधिमा भन्सार कार्यालयले १५, जिल्ला प्रहरी कार्यालयले १९ र सशस्त्र प्रहरी बल नम्बर २० गुल्मले २३ पटक विभिन्न स्थानमा छापा तथा जाँच अभियान सञ्चालन गरेका थिए।

बरामद गरिएका सामग्रीमा चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, रोल कपडा, कफी, बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोटलगायतका वस्तु रहेका छन्। भन्सार कार्यालयका अनुसार बरामद गरिएका सामग्रीमध्ये ८० प्रतिशतभन्दा बढी खाद्य उपभोग्य वस्तु रहेका छन्।


mediabaaji add

सम्बन्धित खबर

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३७ प...

पाँच कम्पनीको शेयरमूल्य बृद्धि, कसको कति बढ्यो ?

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ४५ वटा कम्पनीहरुको शेयरमूल्य बृद...

आज सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब २२ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज  ११४ कम्पनीको से...

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गरेका छन् । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले मंगलबार बेइजिङस्थित नेपाली दूता...

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ मंगलबार बाँडफाँट हुने

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले मंगलबार बिहान ११ बजे क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँटको कार्यक्रम...

असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

काठमाडौँ । विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ। ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ । विभागले हालसम्म दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्र...