इरान युद्ध लम्बिँदा आर्थिक वृद्धिदर २ प्रतिशतभन्दा तल झर्न सक्ने आईएमएफको चेतावनी
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले इरान युद्ध लामो समयसम्म जारी रहँदा र ऊर्जा मूल्य उच्च भइरहेमा विश्व अर्थतन्त्र मन्दीतर्फ धकेलिन सक्ने चेतावनी दिएको छ । आईएमएफको ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदनअनुसार युद्धले विश्व अर्थतन्त्रमा पुनः अस्थिरता बढाएको छ। विशेषगरी होर्मुज जलमार्ग अवरुद्ध हुँदा ऊर्जा आपूर्तिमा गम्भीर असर परेको उल्लेख गरिएको छ ।
तेल, ग्यास र खाद्य पदार्थको मूल्य आगामी वर्षसम्म उच्च रहिरहेमा सन् २०२६ मा विश्वव्यापी आर्थिक वृद्धिदर दुई प्रतिशतभन्दा तल झर्न सक्ने चेतावनी दिइएको छ । आईएमएफका मुख्य अर्थशास्त्री पियरे–ओलिवियर गोरिनचासले भने, यसले विश्वमा मन्दीसरहको अवस्था सिर्जना गर्न सक्छ, जसका कारण बेरोजगारी बढ्नेछ र खाद्य असुरक्षा गहिरिनेछ ।
गम्भीर परिदृश्यमा यस वर्ष तेलको औसत मूल्य प्रतिब्यारेल ११० डलर र सन् २०२७ मा १२५ डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । यससँगै २०२७ मा विश्वव्यापी मुद्रास्फीति दर ६ प्रतिशतसम्म पुग्न सक्ने उल्लेख छ ।
एक्सप्रेस
सम्बन्धित खबर
इरानमा स्थल सेना परिचालनका लागि अमेरिकी पेन्टागनको व्यापक सैन्य तयारी
काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानमा सम्भावित स्थल सेना परिचालनका लागि व्यापक रणनीतिहरू तयार पारेको छ । विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाए अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलबीचको जारी द्व...
बंगलादेशमा ३५ वर्षपछि पुरुष प्रधानमन्त्री बन्दै, संविधान संशोधन गरिँदै
काठमाडौँ । बंगलादेशमा बिहीबार भएको आम चुनावमा बंगलादेश राष्ट्रवादी पार्टी बीएनपीले भारी विजय हासिल गरेको छ। बीएनपीले २९९ सिटमध्ये २०९ सिट जितेको छ, जुन बहुमतका लागि आवश्यक १५० भन्दा बढी हो। यो दुई तिहाई बहुमत हो । अहिलेसम्म २८६ सिटको नतिजा घोषणा भ...
ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाए
काठमाडौँ । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भएको बताइएको छ । भारतीय मिडियाका अनुसार ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीका कारण धेरैको ज्यान ग...
‘टोकियो सप्ताह’को तयारी पूरा,पण्डित दीनबन्धु टोकियोमा
टोकियो । आगामी साता जापानको टोकियोमा हुन लागेको ‘टोकियो सप्ताह-२०२५' को तयारी लगभग पूरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा महायज्ञ हुन लागेको हो ।
अमेरिका– इरान युद्धले विदेशमा रहेका १७ लाख नेपाली त्रासमा
काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि मध्यपूर्व पश्चिम एसियामा चर्किएको तनावले त्यहाँ रहेका १७ लाख २९ हजार २८७ नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा छन् । संयुक्त अरब इमिरेट्समा एक नेपालीको ज्यान गएको दुस्खद घटनाबाहेक अन्य नेप...
ब्यालेस्टिक मिसाइल प्रक्षेपणपछि विश्वको ध्यान फेरि उत्तर कोरियामा
काठमाण्डौँ । उत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा पुनः तनाव चुलिएको छ । संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले केही दिनअघि मात्र प्योङयाङले आणविक हतियार विकास...



