बुधबार, ११ कात्तिक २०८३
नेपाली

मध्यपूर्व तनावको प्रभाव : काठमाडौंबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द

Main News Image

काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा इरानको जवाफी कारबाहीपछि नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार पूर्वनिर्धारित १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।

रद्द हुने उडानमा जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका उडान समावेश छन् ।

सोमबार जजिराको कुवेत–काठमाडौं–कुवेत र कुवेत एयरवेजको कुवेत–काठमाडौं–कुवेत उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । सारजहाँ, दुबई र दोहा विमानस्थलमा नियमित यात्रु उडान प्रभावित भएका छन् । कार्यालयका अनुसार कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाई क्षेत्र बन्द छ । विमानस्थलले यात्रु व्यवस्थापन सहज बनाउन सम्बन्धित वायुसेवा कम्पनी र निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

तराईमा आंशिक बादल, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव परेको जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको असर छ । 

कोशी, मधेस र बागमती प्रदे...

तराईमा ‘तातो दिन’ सँगै ४० डिग्रीसम्म तापक्रम पुग्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुधबारको मौसम पूर्वानुमान अनुसार देशभरको मौसममा निकै भिन्नता देखिने भएको छ । आज दिउँसो तराईका अधिकांश भूभागमा अत्यधिक गर्मी भई उखरमाउलो महसुस हुनेछ भने पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो सहरहरुमा म...

मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशमा आंशिक बदली, अन्य स्थानमा सफा रहने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै बाँकी हिमाली तथा पहाडी भूभागमा मौस...

चार प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । 

कोशी...