देशभर मनसुनी वायुको प्रभाव : कोशी, बागमती र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित छ ।
यसका कारण कोशी, मधेस र बागमती प्रदेश लगायत अन्य हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । अहिले बागमती प्रदेशका केही स्थानका साथै कोशी, मधेस र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराई र पहाडी भेगका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो तराई भूभागका धेरै ठाउँमा अबेलासम्म नै हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ ।
मौसम प्रतिकूल बन्दा गोसाइँकुण्ड गएका तीर्थयात्रु प्रभावित
काठमाण्डौँ । रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन् । लौरिविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेपछि हवाईसेवा अवरुद्ध हुँदा हवाई आवाग...
देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । नेपालको उपल्लो वायुमण्डलमा विकसित भएको पश्चिमी न्यून चापीय रेखा ट्रफ तथा स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र...
झापाका दुई उद्योगमा आगलागी
काठमाडौँ । यहाँको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा आज बिहान आगलागी भएको छ । आगलागी परी ती उद्योगमा ठूलो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
आज बिहान करिब ४ः१५ बजे भक्त...
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना
काठमाण्डौँ । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ, स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हि...
पश्चिमी वायुको प्रभाव : उच्च पहाडमा हिउँ पर्ने, तराईमा कुहिरो
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भागमा भने आंशिक बादल लागेको छ ।
आज दिउँसो...



