देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा सामान्य बदलाब देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशको हिमाली भूभागमा साधारणतया बदली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ ।
यतिबेला कोशी प्रदेशको पहाडी र हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात भइरहेको छ ।
आज दिउँसो पनि कोशी प्रदेशको पहाडी र हिमाली भेगमा साधारणतया बदली रहने र बाँकी पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। तराईका जिल्लाहरूमा भने घाम लाग्ने र मौसम सफा रहने अनुमान गरिएको छ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा गण्डकी प्रदेशको पहाडी भूभाग लगायत अन्य हिमाली क्षेत्रका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौँका दर्जनौँ ठाउँमा आज बिजुली कटौती हुँदै
काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो ।
प्राधिकरणका अनुसार...
लगातारको पहिरोले मुख्य राजमार्ग ठप्प, कहाँ कहाँ बन्द छ ?
काठमाडौँ । केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् । आज बिहानको पहिराका कारण ललितपुर बागमती गाउँपालिका ३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका ४ खहरे ख...
भोेटकोशीको बाढीले त्रिशूली बजार क्षेत्रका ६० घर बगायो
काठमाडौँ । रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ । बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्र...
हुस्सुका कारण बुद्ध एयरको काठमाडौं विमानस्थल बन्द
काठमाडौँ । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण काठमाडौं विमानस्थल बन्द गरेको छ । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण उडान हुन समस्या आएपनि यात्रुहरूको सुरक्षाको लागि काठमाडौं विमानस्थल बन्द गरेको हो । विमानस्थल खुल्न अझै केही समय लाग्ने बुद्ध एयरले...
नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ । उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न राति...
बैशाख १ देखि काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु, ८ देखि ११ बजेसम्म सञ्चालन
काठमाडौँ । साझा यातायात ले आगामी वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ ।
सेवा सुरु गर्नुअघि रुट परीक्षणका क्रममा...



