शनिबार, २० असार २०८३
नेपाली

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

Main News Image

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा सामान्य बदलाब देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशको हिमाली भूभागमा साधारणतया बदली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ । 

यतिबेला कोशी प्रदेशको पहाडी र हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

आज दिउँसो पनि कोशी प्रदेशको पहाडी र हिमाली भेगमा साधारणतया बदली रहने र बाँकी पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। तराईका जिल्लाहरूमा भने घाम लाग्ने र मौसम सफा रहने अनुमान गरिएको छ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा गण्डकी प्रदेशको पहाडी भूभाग लगायत अन्य हिमाली क्षेत्रका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


mediabaaji add

सम्बन्धित खबर

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो ।

दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन् । व...

मौसम सफा, अर्को प्रणाली नआएसम्म मौसम खुलिरहने, चिसो भने रहिरहने

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी...

काठमाडौंको गैरिगाउँमा भीषण आगलागी

काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ । सशस्त्र प्रहरीको विपद् गण नजिकै रहेको काठ गोदाममा मंगलबार दिउँसो आगलागी भएको हो । प्रहरी घटनास्थलमा पुगेको र दमकलमार्फत आगो निभाउने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौ...

बिहान ५:४५ मा कति देखियो काठमाडौँको न्यूनतम तापक्रम ?

आज आइतबार सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस देखिएको हो ।

यद्यपि यो सुर...

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

काठमाडौँ । कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । खेतमा गहुँ, मसुरोलगायत अन्नबाली पाकेर भित्र्याउने समय भएकाले मौसम बदलीले नष्ट हुने भन्दै किसान चिन्तित बनेका हुन् ।

कैलालीको कैलारी ग...

काठमाडौंबाट उडेको टर्किश एयरलाइन्सको विमानको इन्जिनमा आगो लाग्यो

काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ । उडेको केही समयमै समस्या देखिएपछि विमान फर्किन खोजेको थियो । 

<...