बुधबार, ११ कात्तिक २०८३
नेपाली

पश्चिमी वायु र चक्रवातको प्रभाव : शुक्रबारदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

Main News Image

काठमाडौँ  । पश्चिमी वायुको आंशिक प्रभाव र बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको समेत संयुक्त असर पर्ने देखिएसँगै आगामी शुक्रबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार र बुधबार देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने भए पनि बिहीबारदेखि भने मौसममा क्रमिक बदलाव आउनेछ।

हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली देखिए पनि अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। विभागका अनुसार बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। सोही दिन कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ।

mediabaaji add

सम्बन्धित खबर

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज

काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको निर्देशन अनुसार...

काठमाडौंको गैरिगाउँमा भीषण आगलागी

काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ । सशस्त्र प्रहरीको विपद् गण नजिकै रहेको काठ गोदाममा मंगलबार दिउँसो आगलागी भएको हो । प्रहरी घटनास्थलमा पुगेको र दमकलमार्फत आगो निभाउने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौ...

आज देशभर बादल लाग्ने, मध्यम वर्षारहिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूम...

आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान मह...