शनिबार, १४ कात्तिक २०८३
नेपाली

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

Main News Image

काठमाण्डौँ । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ, स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ । मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी पहाडी भूभाग र मधेस, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि  छ । बागमती र गण्डकीका तराई क्षेत्रका साथै मधेस प्रदेशका एकदुई स्थानमा  मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

मंगलबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भू भागमा आंशिक बादल लागेको छ ।

गण्डकी प्रदेशका...

बिपी राजमार्गको खुर्कोट-भकुण्डेबेंसी खण्डमा राती सवारी चलाउन नपाईने

काठमाण्डौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेंसी सडक खण्डमा राति ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी आवागमनमा पूर्ण रोक लगाएको छ । २०८१ असोजमा रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याएको यस सडक खण्ड अहिले...

सोमबार देशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदे...

वर्षाले रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि ठप्प

काठमाण्डौँ । । काभ्रेपलाञ्चोक जिल्लामा अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ । सोमबार साँझबाट आंशिक रूपमा सञ्चालनमा आएको उक्त सडक मंगलबार साँझदेखि फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले...

भारी वर्षाको जोखिम : २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ । जल तथा मौसम विज्ञान विभागको...

मनसुन थप चार प्रदेशमा विस्तार, अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण

काठमाडौँ । नेपालमा यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ । औसत समयभन्दा छ दिन ढिलो गरी गत शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजसम्म आइपुग्दा थप चार प्रदेशमा फैलिएको हो ।

जल तथा मौसम विज्ञान विभाग...