२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५१४ जनालाई कारबाही
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने १३६, सिसिटिभिमार्फत ५०, रातोबत्तीमा २२ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ९१, हर्न निषेधमा ८, लेन क्रसमा ३, अवस्था ठिक नभएको १५, एकतर्फीमा ५ र अन्यमा १८४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सशस्त्रमा ६ डीआइजी बढुवा हुँदै
काठमाडौँ । सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक डीआईजीका ६ पद रिक्त भएपछि केही दिनमा बढुवा निकाल्ने तयारी भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आजै जनकपुर जाने कार्यक्रम भएकाले एकाध दिन ढिलो हुने सशस्त्र प्रहरी बल मूख्यालयले जनाएको छ ।
यी हुन् एसएसपीमा बढुवा सिफारिस हुने १० एसपी
काठमाण्डौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ । बुधबार बसेको गृह मन्त्रालयको बढुवा समिति सचिवालय बैठकले १० जना प्रहरी उपरीक्षक एसपीलाई प्रहरी बरिष्ठ उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस गर्ने...
त्रिभुवन विमानस्थलमा सरसफाइ कर्मचारी पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइ गर्ने एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिएका ४० वर्षीय डिकबहादुर राउत रहेका छन् ।
उनले विमानस्थलको डस्टबिनमा र...
इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान
काठमाडौँ । सामाजिक अभियन्ता नेल्शन घतानीलगायतले इनिशा विकको न्यायको माग गर्दै हस्ताक्षर संकलन गरेका छन् । सोमबार काठमाडौंको माइतीघरमा अभियन्ता घतानीलगायत तीन जनाले इनिशा विकको न्यायको माग गर्दै हस्ताक्षर संकलन गरेका हुन् ।
उनीहरुले १७ वर्षीय...
ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिक पक्राउ
काठमाण्डौँ । पर्यटकीय गन्तव्य ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिकलाई पक्राउ गरिएको छ । प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा सर्वसाधारणलाई दुःख दिने र ड्युटीमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात जनालाई पक्राउ गरी सोमबार सार्...
मापसेका कारण वैशाख महिनामा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु र १७४ घाइते
काठमाडौँ । गत वैशाख महिनामा मात्रै देशभर मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी साधन चलाउँदा १२४ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार ती दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन् । मापसेका कारण सवारी दुर्घटना...



