बंगलादेशमा ३५ वर्षपछि पुरुष प्रधानमन्त्री बन्दै, संविधान संशोधन गरिँदै
काठमाडौँ । बंगलादेशमा बिहीबार भएको आम चुनावमा बंगलादेश राष्ट्रवादी पार्टी बीएनपीले भारी विजय हासिल गरेको छ। बीएनपीले २९९ सिटमध्ये २०९ सिट जितेको छ, जुन बहुमतका लागि आवश्यक १५० भन्दा बढी हो। यो दुई तिहाई बहुमत हो । अहिलेसम्म २८६ सिटको नतिजा घोषणा भइसकेको छ ।
जमातएइस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनले अहिलेसम्म ७० सिट जितेको छ। जमात प्रमुख शफिकुर रहमानले ढाका १५ सिट जितेका छन् । लगभग २० वर्षपछि देशमा बीएनपीले सरकार बनाउने भएको छ । शेख हसिनाको अवामी लिग २००८ देखि २०२४ सम्म सत्तामा थियो ।
यो जितसँगै पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित मानिएको छ । तारिकले दुई सिटमा चुनाव लडे र दुवैमा जित हासिल गरे । १७ वर्षको निर्वासनपछि उनी गत डिसेम्बरमा स्वदेश फर्किएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकामा नेपालीलाई सरकारी सहुलियत लिन कडाइ, गलत विवरण बुझाए भिसा र ग्रिनकार्ड रद्द हुने
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासी नीतिमा थप कडाइ गरेसँगै अमेरिकामा रहेका नेपालीहरूले त्यहाँको सरकारबाट पाउने विभिन्न सामाजिक सहुलियतहरू उपभोग गर्न नपाउने भएका छन् ।



