बुधबार, ११ कात्तिक २०८३
नेपाली

मेसीको सम्मानमा एक मिनेट खेल रोकेर ताली बजाइने,मेसीको सम्मानमा १० औं मिनेटमा एक मिनेट खेल रोकेर ताली बजाइने

Main News Image

काठमाडौँ । अर्जेन्टिनी फुटबल महासंघ एएफएले राष्ट्रिय टोलीका स्टार खेलाडी लियोनल मेसीको सम्मानमा यसै साता हुने सबै फुटबल खेलमा पहिलो हाफको १०औँ मिनेटमा एक मिनेट खेल रोकेर ताली बजाउने कार्यक्रम घोषणा गरेको छ ।

राष्ट्रिय टोलीबाट दोस्रोपटक सन्न्यासको घोषणा गरेका मेसीको सम्मानमा एएफएले पुरुष तथा महिला फुटबलका सबै डिभिजनका साथै अन्य विधाका आगामी खेलमा समेत यस्तो कार्यक्रम गर्न निर्देशन दिएको हो ।

३९ वर्षीय मेसीले सोमबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका थिए। यसअघि उनले सन् २०१६ मा पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए। तर, समर्थकको चर्को दबाबपछि उनले निर्णय फिर्ता लिँदै राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए ।


mediabaaji add

सम्बन्धित खबर

रोहित बने विश्वकै सबैभन्दा बढी छक्का हान्ने खेलाडी

काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्मा एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध राँचीमा भइरहेको एक दिवसीय क्रिकेटमा तीन ओटा छक्का प्रहार गरेसँगै रोहित विश्वकै सर्वाधिक छकका...

स्थगित विश्वकप लिग–२ का खेल वैशाख १२ देखि काठमाडौंमा हुने

काठमाडौँ । नेपालमा हुने तय भएर स्थगित भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतका खेल आगामी वैशाख १२ देखि २२ गते अप्रिल २५ देखि मे ५ सम्म काठमाडौंमा सञ्चालन हुने भएका छन् । त्यसलगत्तै वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म अर्को शृङ्खला पनि आयोजना गरिने तालिका स...