सोमबार, ०५ असोज २०८३
नेपाली

कैलालीमा वन कर्मचारीको मनपर्दी : एक्ली महिलाको टेम्पो भिरबाट खसालिदिए

Main News Image

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४, बासपानीकी एक एकल महिलाको जीविकोपार्जनको मुख्य आधार बनेको टेम्पो वन कार्यालयका कर्मचारीले भिरबाट खसालिदिएका छन्। डिभिजन वन कार्यालय, धनगढीका कर्मचारीहरूले ‘वन अतिक्रमण’ हटाउने नाममा गरेको यस अमानवीय व्यवहारले अहिले सामाजिक सञ्जाल र स्थानीय स्तरमा व्यापक आलोचना भइरहेको छ ।

पिडित महिला धनादेवी धामीका अनुसार, उनी सोही क्षेत्रमा सडकछेउमा टेम्पो राखेर सानोतिनो खुद्रा व्यापार गरी आफ्नो परिवारको लालनपालन गर्दै आएकी थिइन्। वन कार्यालयका कर्मचारीहरू अतिक्रमण हटाउने अभियानका क्रममा घटनास्थलमा पुगेका थिए ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार, कर्मचारीहरूले महिलाको टेम्पोमा रहेको सामान जथाभावी फ्याँक्नुका साथै उनको एकल आयस्रोतका रूपमा रहेको उक्त टेम्पोलाई नै धकेलेर भिरबाट खसालिदिएका थिए। स्थानीयले आफ्नो आँखाअगाडि गरिएको यस कार्यको विरोध गरे पनि कर्मचारीहरूले बेवास्ता गरेका थिए।

mediabaaji add

सम्बन्धित खबर

बाजुरामा बाढी बस्तीमा पस्दा १३ परिवार विस्थापित, तीन घर अझै उच्च जोखिममा

बाजुरा । अविरल वर्षापछि बाजुराको बडिमालिका नगरपालिका–९ स्थित सेलागाड खोला र बाउली खोलाको दोभान नजिकबाट आएको बाढी बस्तीमा पसेपछि १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० शै...

पोर्चुगलमा दुई हजार नेपाली संकटमा

काठमाडौँ । रोजगारीका क्रममा पोर्चुगलमा रहेका सयौं नेपाली नक्कली प्रमाणीकरण फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानुनी संकटमा परेका छन् । नेपाल प्रहरीबाट जारी सक्कली चारित्रिक प्रमाणपत्र प्रहरी रिपोर्ट रिपोर्टमा दिल्लीस्थित पोर्चुगल र नेपाली दूतावास...

विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

काठमाण्डौँ । विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रति...

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै महानगरपालिका

काठमाडौँ । काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना मेरो रहर, सुन्दर र हरित सहर कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो ।

आयोजनाका इञ्जिनियर स...

अपांगता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ । अपांगता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेक...

मन्त्री कुलमानले सम्झिए नौ वर्षअघिको दिपावली

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नौ वर्षअघिको तिहार स्मरण गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत तिहारको शुभकामना दिँदै उनले २०७३ सालको दिपावली स्मरण गरेका हुन् । त्यतिबेला उनी नेपाल व...