काठमाडौंमा भारतीय नागरिकले भारतीयलाई नै बन्धक बनाएर मागे फिरौती
काठमाडौँ । एक भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएर फिरौती अशुल्न खोज्ने दुईजना पक्राउ परेका छन् । अस्ट्रेलिया पठाउने बहानामा ती युवकलाई काठमाडौं बोलाएर बन्धक बनाई २० लाख भारु ३२ लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले भारतकै दुईजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यही असोज २९ गते भारतको पञ्जाव राज्य, चण्डीगढ, सेक्टर ६५, फेस ११ महली थाना घर भइ हाल काठमाडौं महानगरपालिका २२ बस्ने वर्ष २४ को परमप्रित सिंह र वर्ष २८ को लवप्रित सिंहले भारत हरियाणा राज्य घर भएका वर्ष २६ का अङ्कित कुमारलाई बन्धक बनाएका हुन् । अङ्कितलाई झुक्यानमा पारी नेपाल हुँदै अष्ट्रेलिया पठाइदिने भनि काठमाडौं बोलाई बन्धक बनाई भारतीय नगद २० लाख फिरौती मागेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
तराईमा नक्कली नोट कारोबारी गिरोह सक्रिय
काठमाडौँ । निर्वाचनको माहोल तातेसँगै तराई क्षेत्रमा नक्कली नेपाली नोट कारोबार गर्ने गिरोह सक्रिय बनेको संकेत देखिएको छ । रौतहट जिल्ला र सर्लाही जिल्ला को सीमाक्षेत्र हुँदै ठूलो परिमाणमा नक्कली मुद्रा बजारमा आउन थालेपछि सुरक्षा निकायले उच्च सतर्कता...
मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ
झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह ५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले आइतबार साँझ करिब ७ः३० बजे मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगल...
शिक्षामन्त्रीविरुद्ध नाराबाजी गर्ने ५ जना पक्राउ
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन र नाराबाजी गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस तथा सभाको बैठकमा...
जथाभावी हर्न बजाउने २०० चालक कारबाहीमा
काठमाडौँ । काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत शनिबार जथाभावी हर्न बजाउने २०० भन्दाबढी सवारीसाधनका चालकलाई कारबाह...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनस् पक्राउ गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई सोमबार प्रहरीले भक्तपुरस्थित घरबाटै पक्राउ गरेको हो । प्रसाईंलाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी...
विशेष ट्राफिक चेकिङमा २८ सवारी साधनका चालक कारबाहीमा
काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष सवारी जाँच अभियानका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २८ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौंको बल्खुस्थित कुमारी क्लब अगाडि विशेष चेकिङ अभि...



