शनिबार, ०७ कात्तिक २०८३
नेपाली

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३६ सवारी चालक कारबाहीमा, १०२ जना मापसे परे

Main News Image

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ३३६ वटा सवारीसाधनका चालकहरूलाई कारबाही गरेको छ। शनिबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको सवारी जाँचका क्रममा मादक पदार्थ सेवन मापसे गरी सवारी चलाउने १०२ जना चालक कारबाहीमा परेका हुन् ।

यस्तै, सिसिटिभीमार्फत निगरानी गरी ३९ जना र रातो बत्तीको उल्लंघन गर्ने २० जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

यसैगरी, तीव्र गतिमा सवारी हाँक्ने ५७, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ८, लेन अनुशासन पालना नगर्ने ३, सवारीको यान्त्रिक अवस्था ठिक नराखी चलाउने २ र अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने १०५ जना चालकलाई कारबाही गरिएको छ।


mediabaaji add

सम्बन्धित खबर

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती,गण्डकी र लुम्बिनी...

मौसम पूर्वानुमान : पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपात


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित कर्णाली र...

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौँ । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् । सोमबार साँझको वर्षासँगैको पहिराका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका ३ भालुखोलास्थित कान्तिलोकपथ...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, कम्तीमा १६ जनाको मृत्यु, ३२ घाइते

काठमाडौँ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटम...

मनसुनको न्यून चापीय रेखा उत्तरतिर सर्दा देशभर वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ । अहिले देशभर साधारणतया बादल लागिरहेको छ।  कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा...