नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
काठमाडौँ । नवलपरासी बर्दघाट सुस्तापूर्वमा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन् । खोप लगाउनेमा १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला रहेका छन् ।
जिल्लाका सबै आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानमा हालसम्म उल्लेखनीय प्रगति देखिएको र मङ्गलबारसम्म लक्षित जनसङ्ख्याको ३१ दशमलव १ प्रतिशतले खोप सेवा लिइसकेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रमुख केशव चापागाईंले बताए । जिल्लाभर खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ । स्थानीय तहसँगको सहकार्यमा अपेक्षित उपलब्धि हासिल भएको हो ।
जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालका अनुसार जिल्लाका सबै स्थानीय तहमा खोप सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ । विशेषगरी मध्यविन्दु नगरपालिका र बौदिकाली गाउँपालिकामा खोपको प्रगति उल्लेखनीय देखिएको छ । मध्यविन्दुमा ४९ दशमलव आठ प्रतिशत र बौदिकालीमा ४७ प्रतिशत प्रगति भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
विश्व खाद्य सुरक्षा दिवस : दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
काठमाडौँ । विश्वभर बढ्दै गएको दूषित खाद्यवस्तुको उपभोग र त्यसले जनस्वास्थ्यमा पारेको गम्भीर असरका बीच आज विभिन्न चेतनामूलक कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सार्वजनिक गरेको पछिल्लो भयावह तथ्यां...
हात्तीपाइले फैलिएपछि चार लाखलाई औषधि खुवाइँदै
सर्लाही । सर्लाही जिल्लाका १२ ओटा स्थानीय तहमा हात्तीपाइले ९फाइलेरिया० रोग पुनः फैलिएको पुष्टि भएपछि स्वास्थ्य निकायले व्यापक औषधि खुवाउने अभियान शुरू गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जोखिम देखिएका पालिकामा विशेष निगरानीसहित औष...
ओपिडी सेवा नखुम्च्याउन सरकारलाई महामन्त्री प्रदिप पौडेलको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपिडी सेवा नपाउँदा बिरामीको बिजोग भएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । महामन्त्री पौडेलले सरकारीमा रोकिएको ओपिडी सेवाले सर्वसुलभ र सह...
आइतबार पनि ओपीडी सेवा खुला राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले दुई दिनको बिदाका कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भन्दै आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निका...
ऐन परिमार्जन गरे नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ : विप्लव अधिकारी
काठमाडौँ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई पाँच वर्ष भित्रमा नै औषधिमा आत्मनिर्भर बनाउन सक्ने दाबी गरेका छन् । मंगलवार नेपाल फार्मा एक्स्पो र औषधिमा आत्मनिर्भरता , नीतिगत सवाल विषयक कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै अ...
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना...



