नेपालमा ५२ प्रतिशत असुरक्षित गर्भपतन, ५३ प्रतिशत अनिच्छित गर्भ
काठमाडौँ । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए । महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो । कोरोना नियन्त्रणलाई प्राथमिकता दिइएका कारण सुरक्षित गर्भपतन सेवा प्रदान गर्न अप्ठ्यारो भएको हो । महामारीमा परिवार नियोजनको सेवाको प्रयोगदर ३९ बाट ३७ प्रतिशतमा झरेको थियो ।
विसं २०८१ साउनमा चितवनको एक अस्पतालमा गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भयो । भरतपुर महानगरपालिका–२६ की ३२ वर्षीया नवीना महतोको अत्यधिक रक्तस्राव नरोकिएपछि अकालमा निधन भएको थियो । तत्कालीन समयमा गर्भपतन सेवा दिएको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी नै सूचीकृत तथा तालिम प्राप्तसमेत थिएनन् । ‘मेडिकल हव’मा विकसित हुँदै गरेको चितवनमा पछिल्लो समय पनि असूचीकृत स्वास्थ्य संस्था तथा तालिम अप्राप्त स्वास्थ्यकर्मीबाट गर्भपतन सेवा लिने क्रम घटेको छैन ।
एक्सप्रेस
सम्बन्धित खबर
ऐन परिमार्जन गरे नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ : विप्लव अधिकारी
काठमाडौँ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई पाँच वर्ष भित्रमा नै औषधिमा आत्मनिर्भर बनाउन सक्ने दाबी गरेका छन् । मंगलवार नेपाल फार्मा एक्स्पो र औषधिमा आत्मनिर्भरता , नीतिगत सवाल विषयक कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै अ...
आइतबार ओपीडी सेवा दिन सम्भव छैन : चिकित्सक संघ
काठमाडौँ । नेपाल चिकित्सक संघले आइतबार ओपीडी सेवा सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने जनाएको छ । संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा अस्पतालहरूमा पर्याप्त जनशक्ति अभावका कारण सार्वजनिक बिदाका दि...
दीर्घरोगीले फ्लूबाट बच्न बढी सावधानी अपनाउनु पर्छ : डा घिमिरे
काठमाडौँ । जाडो बढेसँगै इन्फ्लुएन्जा फ्लूको जोखिम बढेको छ । फ्लू इन्फ्लुएन्जा भाइरसले गर्दा लाग्ने सङ्क्रामक रोग हो । जाडो महिनामा यो भाइरस धेरै सक्रिय हुने भएकाले सबै उमेरका व्यक्तिहरूलाई फ्लू लाग्न सक्ने हुन्छ । जनरल...
मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह
काठमाडौँ । काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ। पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिदा प्रदूष...
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित
काठमाण्डौँ । स्वास्थ्य बिमा बोर्डले वित्तीय संकट रहेको भन्दै निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेक बिमा स्वास्थ्य सेवा स्थगित गरेको छ । बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले एक सूचना निकालेर जेठ १६ गतेदेखि लागू हुने गरी निजी स्व...
विषादी नियन्त्रणमा कडाइ गर्न मन्त्रालयको अनुरोध
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा अनियन्त्रित रूपमा प्रयोग भइरहेका घातक र प्रतिबन्धित विषादी नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई अनुरोध गरेको छ । हालैका दिनमा विभिन्न सञ्चार माध्यममा आएका समाचार र सरोकारवाला निका...



