बुधबार, २८ असोज २०८३
नेपाली

एकैदिन सुनको मूल्य ३ हजार २०० रुपैयाँले बढ्यो, प्रतितोला ३ लाख २२ हजार ७०० पुग्यो सुन !

Main News Image

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको हो । आइतबार प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ। सुनको मूल्य बढेको दिन चाँदी भने सस्तो भएको छ ।

आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।यससँगै सोमबार बजारमा सुनको मूल्य नयाँ उचाइतर्फ बढ्दा चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

आज ८.१६ अंकले घट्यो नेप्से, ७ अर्ब ९४ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९४ करोड २७ लाखको सेयर कारोबार भएको छ । आज ८६ कम्पनीको सेयर मूल्...

रसुवामा ९ महिनामा साढे ३ करोडका अवैध सामान बरामद

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवामा ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध आयातित सामग्री बरामद भएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय...

चालु आवको तीन महिनामा आयात-निर्यात दुवैमा सुधार, १२.२ प्रतिशतले बढ्यो व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात तथा निर्यातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामायस वर्ष निर्यात ८९.६ प्रतिशत र आयात १९.८ प्रतिशत...

साता दिनपछि घट्यो सेयर बजार, कारोबार पनि बढेन

काठमाडौँ । लगातार ६ कारोबार दिन बढेको सेयर बजार बुधबार १३.९५ अंकले घट्दै नेप्से परिसूचक २,७१२ अंकमा झरेको छ । कारोबार रकम पनि अघिल्लो दिनको ६ अर्ब ६७ करोड रुपैयाँबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।

आज ७७ कम्...

डलर, युरो र साउदी रियाल घटबढ : हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ २८ पैसा र बिक्री दर १५३ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

त्यस्तै युरोपियन युरो एकको खर...

नेप्से २.२५ अंकले घट्यो, ५ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार नेप्से परिसूचक २.२५ अंकले घटेर २६४१.५८ अंकमा झरेको छ ।

सोमबार कारोबार भएका १३ उपसमूहमध्ये ५ समूहको सूचक बढ्दा ८ समूह घटेका छन्...