सोमबार, ०२ कात्तिक २०८३
नेपाली

चुनावी प्रचारको पूर्वतयारीमा दलहरू, उम्मदवारहरु घरघरमा भोट माग्दै

Main News Image

चितवन । जिल्लामा रहेका दलहरूले चुनावी प्रचारको पूर्वतयारीका कामहरू धमाधम गरिरहेका छन् । कार्यकर्ता भेटघाट, समिति निर्माण, आर्थिक सङ्कलनलगायत काममा दल र उम्मेदवारहरू लागेका हुन् ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति बनाइएको बताए। उनले जिल्लामा एउटा, प्रत्येक निर्वाचन क्षेत्र र वडा तहमा समेत निर्वाचन परिचालन समिति बनाएर प्रचारप्रसारको तयारी थालिएको बताए। उनले भने, ‘सबै खाले आन्तरिक तयारीमा लागेका छौँ, आन्तरिक तयारी पूरा गरेर प्रचारमा लाग्छौँ ।’

विशेष महाधिवेशनसँगै कांग्रेसहरू एक भएर निर्वाचनमा परिचालित भएको भन्दै उनले विगतको जस्तो गुटगत समस्या कांग्रेसमा अहिले नरहेको बताए ।

नेकपा एमाले जिल्ला अध्यक्ष कमल पाठकले जिल्लास्तरीय, क्षेत्रस्तरीय, वडास्तरमा निर्वाचन परिचालन, स्वयंसेवक, आर्थिक सङ्कलन समिति बनाइसकिएको बताए। घोषणापत्र र प्रतिबद्धतापत्र बनाउने काम भइरहेको जानकारी दिँदै उनले भने, ‘क्षेत्रगत समस्या पहिचान गरी तीन वटै क्षेत्रका छुट्टाछुट्टै प्रतिबद्धतापत्र बनाउने काम भइरहेको छ।’ कार्यालय सञ्चालनका लागि तयारी गरिएको उनको भनाइ छ । 


mediabaaji add

सम्बन्धित खबर

ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईंको सन्देश : राजा बन्न पृथ्वीनारायण जस्तै मैदानमा आउनुपर्छ

भक्तपुर । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति असन्तुष्टि जनाएका छन् । शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्...

नेपालीको आत्मनिर्णयको अधिकारमाथि चुनौति दिने तत्वसँग लड्न कम्युनिष्ट एकता : प्रचण्ड

काठमाडौँ  । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि चुनौति दिने विदेशीतत्वसँग लड्न कम्युनिष्ट एकता गरिएको बताएका छन् । शनिबार दाङको देउखुरीमा आयोजित एकता सन...

योगेश भट्टराईको ६ शब्दको स्ट्याटसले एमालेमा तरंग

काठमाडौँ । नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले मंगलबार साँझ सूर्यास्तलाई पृष्ठभूमिमा राखेर तस्बिर सेयर गर्दै लेखे– ‘मित्रहरू घाम अस्ताएको हो, जीवन होइन ।’ भट्टराईले लेखेको यो छोटो स्ट्याटसले यतिबेला एमाले कार्यकर्तामा तरंग सिर्जना...

दुवै निर्वाचनमा भाग लिने नेपाली कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनसम्बन्धी कुनै निर्णय बिना सकिएको छ । शनिबार सानेपामा बसेको बैठकले महाधिवेशनबारे छलफल गरे पनि निष्कर्ष निकाल्न सकेन । बैठकले २१ फागुनमा निर्धारित प्रतिनिधि...

गृहमन्त्री र मेयरबीच तीव्र मतभेद : गृहमन्त्रीका अनुसार बालेनको कदम आपराधिक

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबीचको तिक्तता सार्वजनिक रूपमा देखिन थालेको छ । सोमबार थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री अर्यालले डो...

नवनियुक्त सभामुख अर्यालले आइतबार शपथ ग्रहण गर्ने

काठमाडौँ । प्रतिनिधिसभाको नवनियुक्त सभामुख डोलप्रसाद अर्याल आइतबार सपथ ग्रहण गर्न लागेका छन् । राष्ट्रपति कार्यालयका अनुसार, अर्यालको सपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजे शितल निवासमा आयोजना हुनेछ । कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका...