आइतबार, ११ असोज २०८३
नेपाली

भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामा

Main News Image

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटा र भोजपुर जिल्लामा भवन निर्माणसँग सम्बन्धित घुसकाण्डमा तीन जनालाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सब(इन्जिनियर रविन श्रेष्ठले भोजपुरस्थित विद्यालयको भवन निर्माण अन्तिम बिल भुक्तानी प्रक्रियामा बाधा पुर्‍याउँदै सेवाग्राहीसँग ८५,००० रुपैयाँ घुसररिसवत लिएका थिए ।

आयोगको टोलीले सुमन राईलाई ललितपुरबाट र कार्की तथा श्रेष्ठलाई इटहरी, धनकुटा र भोजपुरबाट आवश्यक कागजात र मोबाइलसहित नियन्त्रणमा लिएको छ । अहिले उनीहरूमाथि थप अनुसन्धान जारी रहेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।


mediabaaji add

सम्बन्धित खबर

बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ। अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा तोकिएको छ । यस्तै, युरोप...

रसुवामा ९ महिनामा साढे ३ करोडका अवैध सामान बरामद

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवामा ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध आयातित सामग्री बरामद भएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय...

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

काठमाडौं। सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाउँदै ती वस्तुको अधिक सञ्चय तथा भण्डारण नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय खाद्य...

बेनी हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो

काठमाडौँ । नेपालमा एलपी ग्यासको दैनिक आयातमा उल्लेख्य गिरावट आएको छ । अर्थ मन्त्रालय मातहतको भन्सार विभागको तथ्यांक अनुसार भदौ २५ गतेको तुलनामा भदौ २६ गते एलपी ग्यासको कुल आयात ४०।८ प्रतिशतले घटेको हो ।

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै, चाँदी पनि हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । आज सुनको मूल्य १ हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भ...