बुधबार, ११ कात्तिक २०८३
नेपाली

कुलपति भूपाल राईद्वारा धरान स्रष्टा पार्कको समूद्घाटन र १३ जना सष्टाको प्रतिमा अनावरण

Main News Image

प्राज्ञ चेतनाथ धमला

   धरान,चैत्र १३ गते, शुक्रबार। सुनसरीस्थित 

 धरान उपमहानगरपालिका वडा नं १३ मा निर्माण गरिएको स्रष्टा पार्क नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्घाटन तथा प्रतिमा अनावरण गर्नुभयो । धरानमा रहेर भाषा ,साहित्य र कलाको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने स्रष्टाहरू छविलाल पोख्रेल , महानन्द सापकोटा, गमबहादुर लम्जेल (लम्जेल सङ्घर्षशील),रामानन्द घराल,जगदीश नेपाली, कर्ण मास्के, मानबहादुर शाक्य, बेणु आचार्य, टङ्क घिमिरे, जितमान राई ,कृष्ण पाख्रिन , गोविन्द विकल र विमल गुरुङ लगायत १३जना स्मृतिशेष स्रष्टाका प्रतिमाको अनावरण उहाँले गर्नुभयो। यस बारेको एक जिज्ञासामा कुलपति राईले भन्नु भयो -"दीर्घसेवी स्रष्टाको प्रतिमा निर्माणले उनीहरूको योगदानलाई कालान्तरसम्म सम्झाइरहने छ।धरानले स्रष्टा पार्क र प्रतिमा निर्माण गरेर ऐतिहासिक कार्यको थालनी गरेको बताउनुभयो "।

      धरान उपमहानगरपालिकाका वर्डा न १३ का अध्यक्ष नेत्र काफ्लेले स्रष्टापार्क स्थापना र स्रष्टाको शालिक अनावरण बारे जानकारी प्रस्तुत गर्नुभएको थियोे। धरान साहित्य, कला तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित दुई दिने अन्तराष्ट्रिय महोत्सवको पहिलो दिनको यो कार्यक्रम नगर परिक्रमासहित भव्यताका साथ सम्पन्न भयो। कार्यक्रम बारे धरानका पत्रकार तथा साहित्यकार जमुना श्रेष्ठले जानकारी दिनुभयो।

mediabaaji add

सम्बन्धित खबर

‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासी र जयराज आचार्यलाई सम्मान

काठमाण्डौँ । हरिकला लामिछाने प्रतिष्ठानले विक्रम संवत् २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठ...

इतिहास खोजमा नयाँ पुस्तालाई प्रेरित गर्न जोड दिँदै इतिहासशिरोमणि बाबुराम आचार्यको १३९ ओैँ जन्मजयन्ती सम्पन्न !

दुर्बिन शर्मा 'विवेक'

काठमाडौँ । इतिहासशिरोमणि बाबुराम आचार्यको १३९औँ जन्मजयन्तीको अवसरमा “बाबुराम आचार्य र नेपालको इतिहास” विषयक विचार–गोष्ठी प्रज्ञा-प्रतिष्ठानमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य...

तीन साहित्यकारलाई ‘मधुपर्क सम्मान’को घोषणा

काठमाडौँ । गोरखापत्र संस्थानको मासिक प्रकाशन साहित्यिक पत्रिका मधुपर्कले हरेक वर्ष प्रदान गर्दै आएको ‘मधुपर्क सम्मान’को घोषणा गरिएको छ । यस वर्षको ‘मधुपर्क सम्मान’ पद्यतर्फ अग्रज कवि एवं गीतकार यादव खरेललाई र गद्यतर्फ कथाकार भाउपन्थीलाई प्रदान गर्...