मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको उद्घाटन : देशको पहिलो आधुनिक सडक सुरुङ सञ्चालनमा

Main News Image

काठमाडौँ । नेपालको पहिलो आधुनिक तथा व्यावसायिक सडक सुरुङमार्गको रूपमा रहेको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ । आयोजना स्थलमा आयोजित विशेष समारोहका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र नेपालका लागि जापानी राजदूतसहित जापानी अन्तर्राष्ट्रिय सहकार्य नियोग जाइकाका प्रतिनिधिहरूले संयुक्त रूपमा सुरुङमार्गको औपचारिक शुभारम्भ गरेका हुन्।

लामो समयदेखि व्यग्र प्रतीक्षा गरिएको यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका र देशका अन्य विभिन्न जिल्लाहरूबीचको सडक आवागमन थप सहज, सुरक्षित, व्यवस्थित र द्रुत हुने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहमा उच्च सरकारी अधिकारीहरू, निर्माण कम्पनीका प्रतिनिधिहरू, जापानी कूटनीतिक नियोगका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


mediabaaji add

सम्बन्धित खबर

फेवातालमा कार खस्यो, एक जनाको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २ः१० बजेको समयमा विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो ।

घटनामा स्याङ्जा फेदीखोला...

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

काठमाडौँ । चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ । 

वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता ए...