बिहिबार, ०५ कात्तिक २०८३
नेपाली

पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै

Main News Image

इलाम । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा रु चार करोड २३ लाख ६८ हजार ८५४ भेटी, १३ तोला ४५ आना सुन र ६०९ तोला ५७ आना चाँदी सङ्कलन भएको छ । विसं २०७९ फागुन १ देखि ०८२ फागुन ३० सम्म उक्त परिमाणको भेटी रकम तथा धातु सङ्कलन भएको पाथीभरा विकास समितिकी कोषाध्यक्ष कृष्णकुमारी भुजेलले जानकारी दिए ।

आज यहाँ जिल्ला प्रशासन कार्यालय इलाम, कोष तथा लेखा नियन्त्रका कार्यालय इलाम, नापतौल विभाग भापाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थितिमा सङ्कलित सामग्री तथा नगदबारे लेखाजोखा गरिएको विकास समितिका अध्यक्ष दिलीपकुमार राईले बताए । सङ्कलन गरिएको सुन तथा अन्य बहुमूल्य धातु तत्काल खर्च गर्ने वा सुरक्षित राख्ने भन्ने विषयमा आगामी कार्यपालिका बैठकबाट टुङ्गो लाग्ने गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो ९सुबास०ले जानकारी दिए ।


mediabaaji add

सम्बन्धित खबर

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विषयविज्ञ नियुक्त

काठमाडौF . शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटिको प्राज्ञिक गरिमालाई उच्च बनाउन एकेडेमिक काउन्सिलमा चार जना विषयविज्ञहरूलाई सदस्यका रूपमा मनोनयन गरेको छ ।

मन्त्रालयले सूचना प्रविधि, उद्...