भारत टी–२० विश्वकपको फाइनलमा, इङ्गल्याण्ड ७ रनले पराजित
काठमाडौँ । आयोजक भारत टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतको मुम्बईस्थित वानखेडेको मैदानमा भारत ७ रनले विजयी भयो । २५४ रनको चुनौती पछ्याएको इङ्गल्याण्डले ७ विकेटको क्षतिमा २४६ रन बनायो ।
ज्याकब बेथलले ४८ बलमा १०५ रन बनाए । विल ज्याक्सले २० बलमा ३५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । जोफ्रा आर्चरले ४ बलमा अविजित रहँदै १९ रन बनाए । खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै भारतले ७ विकेटको क्षतिमा २५३ रन बनायो । भारतका लागि सन्जु सामसनले ४२ बलमा ८९ रन बनाए ।
त्यस्तै शिवम दुवेले २५ बलमा ४३, इशान किशनले १८ बलमा ३९ रन बनाए । हार्दिक पाण्डेयाले १२ बलमा २७ तथा तिलक वर्माले ७ बलमा २१ रन बनाए । भारत चौथो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो । भारत दुई पटकको विजेतासमेत हो । भारत साविक विजेता पनि हो ।
भारतले अब तेस्रो उपाधिका लागि फाइनलमा न्यूजिल्याण्डसँग खेल्नेछ । फाइनल खेल आगामी आइतबार अहमदाबादमा हुनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
रोहित बने विश्वकै सबैभन्दा बढी छक्का हान्ने खेलाडी
काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्मा एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध राँचीमा भइरहेको एक दिवसीय क्रिकेटमा तीन ओटा छक्का प्रहार गरेसँगै रोहित विश्वकै सर्वाधिक छकका...
नेपाल विश्वकप छनोटको होडबाट बाहिरियो
काठमाडौँ । नेपाल आईसीसी महिला टी २० विश्वकप छनोट क्रिकेटबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा स्कटल्याण्डसँग बिर्सनयोग्य ब्याटिङ गरेसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो ।



