प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय विदेश सचिव, आजै स्वदेश फर्किने
काठमाडौँ । काठमाडौं भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग शिष्टाचार भेट गर्दैछन् । भेटघाटको काम सकेर उनी आजै अपराह्न स्वदेश फर्किनेछन् । प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीको सिलसिलामा उनी हिजो बिहान काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तैदेखि उनी भेटघाटमा व्यस्त भएका थिए ।
उनले हिजो नै अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल परराष्ट्र सचिव अमृतबहादुर राईसँग अलग–अलग भेट गरेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
तराई-मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री वालेन्द्र शाह र सांसदहरूबीच छलफल
काठमाडौँ । तराई तथा मधेस क्षेत्रमा पछिल्लो समय सिर्जित असहज परिस्थिति र सामाजिक(साम्प्रदायिक तनावबारे निकास खोज्न प्रधानमन्त्री वालेन्द्र शाहले त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री...



