मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

Main News Image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन् । मोदीले दुवै नेतासँग सोमबार टेलिफोन संवाद गर्दै हालै सम्पन्न निर्वाचनमा रास्वपाको जीतका लागि बधाई दिएका छन्। मोदीले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् ।

संवादका क्रममा उनले आगामी दिनमा बन्ने नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै भारत नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

श्रीलङ्कामा पर्यटन अभियान, ३० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौँ । श्रीलङ्का पर्यटन विकास प्राधिकरण एसएलटीडीएले सन् २०२६ का लागि आफ्नो राष्ट्रिय पर्यटन लक्ष्यहरू पूरा गर्न विशेष अभियान शुरू गरेको वरिष्ठ अधिकारी बुद्धिका हेवासमले शुक्रबार बताएका छन् । एसएलटिडिएकी अध्यक्ष हेवासमले परम्परागत रूपमा पर्यटक...

भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प : राजधानी काराकाससहित विभिन्न सहरमा ठूलो विनाश

काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार साँझ भीषण प्राकृतिक विपत्ति आइलागेको छ । देशको इतिहासकै विनाशकारी मानिएको यस विपत्तिमा केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प गएका छन् ।

लगातारको तीव्र...

इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

काठमाडौँ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ । सोमबार इजराइलको हमलामा उनी मारिएको इरान र इजराइल दुवै पक्षले बताएका हुन् । लारिजानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए, जसले मुलुकको सुरक्षा र रणनीति निर्माण ग...

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

काठमाण्डौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व आर्थिक मञ्च डब्ल्यूईएफ २०२६ मा भाग लिन आज स्विट्जरल्यान्डको डाभोसमा  पुग्दै छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले बुधबार साँझ ग्रिनल्यान्डको भविष्य निर्धारण गर्ने एजेन्डासहित व...

अमेरिकाबाट ‘डिपोर्ट’ ३५ नेपाली स्वदेश आइपुगे

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले थप ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ । उनीहरू अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार काठमाडौं आइपुगेका छन् । काठमाडौं आइपुगेका ३५ नेपालीलाई अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्य...

कहाँ छन् राष्ट्रपति मादुरो ? उपराष्ट्रपतिले मागिन् जीवित रहेको प्रमाण

काठमाडौँ । अमेरिकी सैन्य आक्रमणपछि भेनेजुएलामा राजनीतिक र सुरक्षा सङ्कट चरम उत्कर्षमा पुगेको छ । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग हाल कुनै सूचना नभएको र उनीहरू कहाँ छन्...