काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
काठमाडौँ । वर्षा र सहकालका देवता इन्द्रको पूजा- आराधना गरी आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा परम्परागत इन्द्रजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो ऐतिहासिक तथा सांस्कृतिक पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका क्षेत्रमा भव्यताका साथ मनाउने गरिन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रध्वजोत्थान औपचारिक रूपमा प्रारम्भ हुने यो जात्रा आठ दिनसम्म मनाउने प्रचलन रहेको छ। इन्द्रजात्रका अवसरमा सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक विदा पनि दिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौँमा लगातार चिसो बढ्दो, न्यूनतम तापक्रम थप घट्यो !
काठमाण्डौँ । काठमाडौँ उपत्यकामा लगातार न्यूनतम तापक्रम घटेको छ भने चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो । अझ यो सुरुवाती मापन मात्र हो...
बुधबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतय...
तराईका जिल्लामा आज होली मनाइँदै
नवलपरासी । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।
आज...
विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड
काठमाडौँ । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तर्राष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँद यो दिवस विश...
देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गरिने
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।
चिसो बढेसँगै तराईका अस्पतालमा टाउको दुखाइका बिरामी बढे
काठमाडौँ । तराई क्षेत्रमा चिसोको लहर बढेसँगै टाउको दुखाइको समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । चिकित्सकहरूका अनुसार चिसो हावा, तापक्रमको अचानक परिवर्तन र शरीरमा पानीको कमी यसका प्रमुख कारण हुन् ।
कोशी अस्पताल...



