पश्चिमी वायुको प्रभाव : उच्च पहाडमा हिउँ पर्ने, तराईमा कुहिरो
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भागमा भने आंशिक बादल लागेको छ ।
आज दिउँसो तराईका केही स्थानमा बाक्लो कुहिरो लाग्ने सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने देखिएको छ । ती प्रदेशका केही उच्च पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।
आज राति पनि तराईका केही स्थानमा कुहिरोले जनजीवन प्रभावित पार्ने देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बादल लागे पनि बाँकी भागको मौसम भने मुख्यतया सफा रहने छ। रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका उच्च हिमाली भागमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहेको छ ।
पहाडी क्षेत्रमा बढ्दो बादल र हिमपातका कारण तापक्रममा गिरावट आउन सक्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
क्लब लगायत रात्रिकालीन व्यवसाय बन्द हुने
काठमाडौँ । काठमाडौंमा सञ्चालन हुने रात्रिकालीन व्यवसाय फागुन १८ गतेदेखि बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहीबार एक सूचना जारी गर्दै ९ बजेपछि कुनै व्यवसाय नगर्न नगराउन निर्देशन दिएको छ । ...
९,००० एमएएच ब्याट्रीसहितको नयाँ स्मार्टफोन ल्याउँदै अनर
काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले ९,००० एमएएच क्षमताको ब्याट्रीयुक्त स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ । चिनियाँ टिपस्टर ‘डिजिटल च्याट स्टेसन’का अनुसार उक्त स्मार्टफोनमा सिलिकन कार्बन प्रविध...
कान्ति राजमार्गको एकान्तकुना खण्ड ६० दिनसम्म बन्द हुने
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ । जिल्ला प्रशासनले जारी गरेको सार्...
बुधबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।
दिउँसो तराई भूभागका अ...
धादिङ दुर्घटनाको उद्धार सकियो : मृतक १८ जनामध्ये दुई विदेशी नागरिक
धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो। दूर्घटनामा १२ जना पुरुष र छ जना...
पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, तराईमा अत्यधिक गर्मी
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय र पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । यस मौसमी प्रणालीका कारण देशको हिमाली र पहाडी भूभागसहित कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली भएको छ भने मधेश प्रद...



