इन्स्पेक्टर वाङ्गेल लामा उत्कृष्ट प्रहरी घोषित
काठमाडौँ । प्रहरी निरीक्षक इन्स्पेक्टर वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको इन्टेलिजेन्स शाखामा कार्यरत लामा परिसर काठमाडौंको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । परिसरका एसएसपी रमेश थापाले लामालाई प्रशंसापत्र प्रदान गरेका छन् ।
अपराध अनुसन्धान र प्रहरी कारबाहीमा उनले प्रभावकारी भूमिका निर्वाह गरेको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रमे राईसहित १० जना व्यक्तिलाई धम्की दिने प्रकाश पाठकलाई फिलिसन्सबाट उनैले काठमाडौं ल्याएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
बाजा बजाएको विषयमा विवाद : रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यू जारी
रौतहट । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
बौधिमाई नगरपालिका–९ सरमुजवाबाट बिहीबार रातिआएको विवाहको जन्ती बाजा बजाउँ...
एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
काठमाडौँ । दाङ को तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४...
सम्पत्ति शुद्धीकरण मुद्दामा ‘चक्रे मिलन’ले पाए सर्वोच्च अदालतबाट सफाइ
काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी बहुचर्चित मुद्दामा गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ ‘चक्रे मिलन’लाई सर्वोच्च अदालतले सफाइ दिएको छ । विशेष अदालतले यसअघि गुरुङको पक्षमा गरेको सफाइको फैसलालाई चुनौती दिँदै सरकारले दायर गरेको पुनरावेदन निवेदनल...
वन हेरालुको वीभत्स हत्या : शरीरभन्दा सय मिटर टाढा भेटियो टाउको, एक पक्राउ
काठमाडौँ । सर्लाहीको ईश्वरपुरस्थित सागरनाथ वन परियोजनामा कार्यरत वन हेरालु रामईश्वर महतोको वीभत्स हत्या प्रकरणमा नयाँ तथ्य बाहिर आएको छ। शनिबार घाटी काटेर हत्या गरिएको अवस्थामा टाउको बिनाको शव फेला परेका महतोको काटिएको टाउको आज आइतबार घटनास्थलबाट...
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि...
काठमाडौँ । ललितपुरमा बोरामा प्याक गरिएको शव भेटिएको घटनाको अनुसन्धानका क्रममा अर्को एक व्यक्तिको पनि हत्या भएको खुलेको छ । हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन् । उनको शव भक्तपुर–ललितपुर सिमानामा पर्ने सूर्यविनायक–७ को जंगलमा भेटिएको हो...
साइबर ब्यूरो कार्यालय भवन काठमाडौँ महानगरपालिकाले लियो
काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँ महानगरपालिका–२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिने भएको छ । यस विषयमा गृह मन्त्रालयले आज सहमति दिएको हो । आज गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षत...



