बिहिबार, १२ कात्तिक २०८३
नेपाली

चाडपर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

Main News Image

काठमाण्डौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वमा चोरी, लुटपाट, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै उनले दीपावली, नेपाल संवत् र छठलाई लक्षित गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

कार्कीले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने कार्य नियन्त्रण र यात्रुको सुरक्षित आवागमनमा विशेष ध्यान दिन आग्रह गरे। उनले जुवातास, पटका तथा विस्फोटक पदार्थको कारोबार र सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नियन्त्रण गर्न पनि निर्देशन दिए। सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल० को सुरक्षा व्यवस्थापनमा कमजोरी हुन नदिन र अनलाइन बेटिङजस्ता गैरकानुनी गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि उनले निर्देशन दिए।

mediabaaji add

सम्बन्धित खबर

स्रोत नखुलेको १५ लाखसहित चार जना प्रहरी नियन्त्रणमा

रामेछाप । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्ट प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामध्ये एक जना चिनियाँ नागरिक पनि रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन...

तराईमा नक्कली नोट कारोबारी गिरोह सक्रिय

काठमाडौँ । निर्वाचनको माहोल तातेसँगै तराई क्षेत्रमा नक्कली नेपाली नोट कारोबार गर्ने गिरोह सक्रिय बनेको संकेत देखिएको छ । रौतहट जिल्ला र सर्लाही जिल्ला को सीमाक्षेत्र हुँदै ठूलो परिमाणमा नक्कली मुद्रा बजारमा आउन थालेपछि सुरक्षा निकायले उच्च सतर्कता...

न्याय माग्न सिंहदरबार पुगेका निहारिका र विनु यादव पाँच दिन हिरासतमा

काठमाडौँ । आफूहरू हिंसामा परेको भन्दै न्याय माग्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका निहारिका राजपुत र विनु यादवलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला प्...

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाण्डौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्यक्ष श्रेष्ठलाई कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ परेको हो । उनलाई बिमा सम्बन्धी कसुरमा पक्राउ गरिएको...

नेपाली युवतीलाई चिनियासँग बिहे गराइदिने गिरोह पक्राउ

काठमाडौँ । नेपालमा अवैध रूपमा ‘म्यारिज ब्युरो’ चलाएको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरूलाई अध्यागमन विभागको टोलीले काठमाडौँको सोह्रखुट्टे–मिलीजुली चोक क्षेत्रबाट नियन्त्रणमा लिएक...

चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट चोरीको मोटरसाइकलसहित एक युवकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा सूर्यविनायक–८ निवासी २६ वर्षीय समिर त्वाटी रहेका छन् । बागमती प्रदेश ०२–०२९ प २...