शुक्रबार, १२ भदौ २०८३
नेपाली

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

Main News Image

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षणविना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिस्ट्रार डा सतिसकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन् ।

काउन्सिलले चिकित्सकलाई ‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्य दृश्य सामग्री प्रसारण नगर्न आग्रह गरेको छ । काउन्सिलका रजिस्ट्रार डा देवले चिकित्सकहरूले बिरामीसँग सम्बन्धित श्रव्य दृश्य सामग्री सार्वजनिक गर्ने, विभिन्न उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने, औषधि सिफारिस गर्ने जस्ता कार्य सामाजिक सञ्जालबाट नगर्न आग्रह गरेका हुन् ।


mediabaaji add

सम्बन्धित खबर

काठमाडौंमा वायु प्रदूषण ‘धेरै अस्वस्थ’ तहमा

काठमाडौँ । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स एक्युआईका अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचका...

चारवटा विद्यालयमा ‘साना डाक्टर कार्यक्रम’ सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालबालिकाहरुमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरुमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसको प्रारम्भ चारवटा सामुदायिक विद्यालयहरुमा नमूना कार्यक्रममार्फत हुने महानगरपालिकाका कार्यवाहक...

आज ओपीडी सेवा खुल्ला राख्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्...

वरिष्ठ सौन्दर्यविद् महराद्वारा स्पार्कल ब्यूटी एण्ड एकेडेमीको उद्घाटन

काठमाडौँ । नारायणी कम्पलेस कालिमाटीमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ ।

 

वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी उद्घाटन गरेकी...

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

रौतहट । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन् । यो  रोगले चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बङ्गुर मरेका पशु चिकित्सक डा सुलभ चौधरीले बताएका छन् । एक साताको अन्तरालमा  १४ वटा बङ्गुर मरेका कि...

आइतबार पनि ओपीडी सेवा खुला राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले दुई दिनको बिदाका कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भन्दै आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निका...